arrow

माइनस ५५ डिग्रीको चिसोमा पनि काम गर्छन् यहाँका कर्मचारी

logo
प्रकाशित २०७६ पुष १५ मंगलबार
russia10.jpg

काठमाडौं । रुसमा याकुतिया यस्तो स्थान हो । जहाँ चिसो मौसममा तापक्रम माइनस ६० डिग्रीभन्दा पनि कममा जाने गरेको छ । यहाँ नौ महीनासम्म बरफ जम्ने गरेको छ ।

याकुतियाको मिर्नी शहरमा रुसको सबैभन्दा ठूलो हीराको खानी छ । हीराको लागि यहाँ मजदूर माइनस ५५ डिग्री सेल्सियसमा पुग्दा पनि काम गर्ने गर्छन् । यसलाई विश्वको सबैभन्दा ठूलो मानवनिर्मित होल पनि मानिन्छ ।

यहाँ जुलाईमा रात छोटो हुन शुरु हुन्छ र तापमान ३० डिग्री सेल्सियस सम्म पुग्छ । यो क्षेत्रमा तेल, ग्यास र बहुमूल्य पत्थरको बहुलता रहेको छ । रुसको हीरा खानी कम्पनी अलरोसा मुख्य रुपमा यहाँ काम गर्ने गरेको छ ।

सरकारको स्वामित्वमा रहेको कम्पनीले मिर्नीका ३५ हजार मानिसलाई रोजगारी दिएको छ । केही स्थानीय मानिसले कम्पनीको आलोचना गर्दै आएका छन् । उनीहरुले हीरा उत्खननको कारण वातावरणमा नकारात्मक असर पर्नसक्ने बताउने गरेका छन् ।

खानीको गहिराई ५ सय २५ मिटर छ । जबकी यसको व्यास एक किलोमिटरभन्दा पनि बढी छ । हीरा खानीमा काम गर्ने एक कर्मचारीले जाडो मौसममा यो क्षेत्रको तापमान माइनस ५५ डिग्री सेल्सियससम्म पुग्ने गरेको बताए ।

जसको कारण हीरा निकाल्न विस्फोटक पदार्थको प्रयोग गर्नुपर्ने हुन्छ । चिसोको कारण मेसिन पनि काम नगर्ने अवस्थामा पुग्छन् ।

सन् १९०५० को दशकमा पहिलोपटक हीराको खोजीपछि मिर्नी खानीको स्थापना गरिएको थियो । पहिला यहाँबाट एक वर्षमा करीब २ हजार किलो हिरा निकालिने गरिएको थियो । रुसमा मस्को र स्मोलेंस्कमा हीरा पालिश गरिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ