arrow

‘टिकटक एप’माथि प्रतिबन्ध

logo
प्रकाशित २०७६ पुष १६ बुधबार
TikTok-logo-720.jpg

काठमाडौं । अमेरिकी सेनाले सुरक्षाको कारण देखाउँदै ‘टिकटक एप’ को प्रयोगमा रोक लगाएको छ । सेनाले कार्यालय प्रयोजनमा प्रयोग हुने मोबाइल फोनमा ‘टिकटक एप’ चलाउन रोक लगाएको हो ।

चिनियाँ कम्पनी बाइट डान्सको स्वामित्व रहेको उक्त एपलाई अमेरिकासहित विभिन्न मुलुकले कडा निगरानीमा राखेका छन् । 

अमेरिकी सेनाकी प्रवक्ता प्रमुख सेनानी रोबिन ओचोआले अमेरिकी सञ्चारमाध्यमहरूलाई उक्त एपलाई साइबर खतराका रूपमा हेरिएको बताएकी छिन्।

उक्त एपको प्रयोग दिनानुदिन बढ्दै जाँदा अमेरिका लगायतका देशहरु भने शंकाको दृष्टिले हेर्दैछन् । ‘टिकटक एप’ का विश्वभरि ५० करोडको हाराहारीमा प्रयोगकर्ता छन् । 

उक्त एपले प्रायःजसो फरक किसिमका छोटा भिडिओ आफैँ सम्पादन गरेर सार्वजनिक गर्न सहयोग गर्छ।

सेना प्रवक्ता ओचोआले मिलिटरी डटकमलाई बताए अनुसार सैन्य अधिकारीहरूलाई सरकारी स्वामित्वमा रहेका मोबाइल फोनहरूमा डिसेम्बर महिनाको तेस्रो हप्ताबाट एप प्रयोग नगर्न सुझाइएको बीबीसीले उल्लेख गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ