arrow

नेपाल भ्रमणको स्वागतः नेपाल छिर्ने पहिलो पाँच पर्यटकलाई ढाकाटोपी

logo
प्रकाशित २०७६ पुष १६ बुधबार
RS_Ktm21.jpg

भद्रपुर । झापाको पूर्वी नाका काँकडभिट्टाबाट नेपाल प्रवेश गर्ने पाँच विदेशी पाहुनालाई सम्मान गरेर नेपाल भ्रमण वर्ष २०२० को बुधबार बिहान उद्घाटन गरिएको छ ।
 
नाकाबाट नेपाल प्रवेश गर्ने पहिलो पाहुना भारतीय नागरिक प्रिंयका मल्लिक, पिंकी मजुमदार, मामुनी मल्लिक, श्वेता खड्कालगायतलाई टाकाटोपी र रुद्राक्षको माला लगाएर कार्यक्रमका प्रमुख अतिथि सङ्घीय सांसद राम कार्की, प्रवेश सभा सदस्यद्वय श्रीप्रसाद मैनाली र गोपाल बुढाथोकी, मेचीनगर नगरपालिका प्रमुख विमल आचार्यलगायतले सम्मान गरेका थिए । 

मेचीनगर पर्यटन समितिको आयोजनामा काँकडभिट्टामा गरिएको कार्यक्रममा भारतका विभिन्न स्थान जाने गाडीमा नेपालका पर्यटकीयस्थलहरुका बारेमा जानकारी समेटिएको ब्यानर टाँसिएको थियो । नाका क्षेत्रमा नेपाली झण्डा राखेर सजाइएको छ । 

कार्यक्रममा विभिन्न जातजातिको  झाँकी प्रदर्शन गरिएको थियो । झाँकीमा नेवारमा समुदायको लाखेनाच, किराँत समुदाय, मेचे, सन्थाल, किसानलगायत विभिन्न जातजातिका झाँकीसहितको सांस्कृतिक नृत्य प्रस्तुत भइरहेको छ । 

दिनभर काँकडभिट्टामा जातीय पहिचान, कला संस्कृति झल्कने सांस्कृति कार्यक्रम प्रस्तुत गरिने र नेपालका पर्यटकीयस्थलका बारेमा दृश्यबोर्ड राखेर जानकारी गराइने नगर पर्यटन विकास समिति संयोजक तथा नगर उपप्रमुख मीना उप्रेतीले बताइन् । 
 
पूर्वी नाकाबाट नेपाल आउने पर्यटकलाई मेचीनगरका पर्यटकीयस्थलका बारेमा जानकारी दिनका लागि काँकडभिट्टादेखि चारआलीसम्मका क्षेत्रमा होर्डिङबोर्डहरु राखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ