arrow

हात तानेपछि पोप फ्रान्सिसले बजाए महिलामाथि थप्पड

logo
प्रकाशित २०७६ पुष १६ बुधबार
pop-frances.jpg

काठमाडौं । नयाँ बर्ष २०२० को अवसरमा मंगलबार सेन्ट पीटर स्क्वायरमा ईसाई धर्मगुरु पोप फ्रान्सिस  बच्चा र अन्य व्यक्तिहरुसँग बधाई तथा खुशी साटिरहेका थिए । सो क्रममा केहि यस्तो घटना घट्यो जसपछि उनलाई रिस उठ्यो र एक महिलाको हातमा थप्पड हाने।

वास्तवमा जब उनी सबैलाई अभिवादन गरिरहेका थिए भीडमा एउटी महिलाले उनको हात समातिन्। पोप थोरै रिसाए र त्यसपछि महिलालाई थप्पड लगाए। यो सम्पूर्ण घटना अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सको भिडियोमा देख्न सकिन्छ ।

भीडमा उपस्थित बच्चाहरूसँग पोप हात मिलाउँदै थिए, जब उनी भीडबाट टाढा हुन लागे तब एक  महिलाले उनको हात समातेर उनलाई तानिन्, महिलाको व्यवहारले पोपलाई रिस उठायो।

उनले महिलाको हात हल्लाए तर महिलाले हात छोडिनन् । हात नछोडेपछि उनको हातमा जोरले हिर्कएर हिडे। यसका साथै  पोपले ती महिलालाई केहि भने । भिड्योमा हप्काए जस्तो देखिन्छ। त्यहाँ उपस्थित मानिसहरू घटना देखेर छक्क परे।

क्रिसमसमा ८३ वर्षीय पोप फ्रान्सिसले विश्वका धेरै समस्याग्रस्त क्षेत्रहरूमा शान्तिको लागि अपील गरेका थिए। उनले पश्चिम एसिया, भेनेजुएला र लेबनानलगायत धेरै अफ्रिकी देशहरूमा भइरहेको सशस्त्र द्वन्द्वको अन्त्य गर्न आग्रह गरे। उनले भने कि उनले आफ्ना धेरै बच्चाहरूलाई बिभिन्न देशहरुमा युद्धबाट मार्गनिर्देशन गर्नु पर्छ।

सन्देश दिदै भनेका छन्– “तपाईको मनमा गलत विचार हुनसक्छ , तपाई कुनै खराब काम गर्दै हुनुहुन्छ, तर पनि ईश्वर तपाईलाई प्रेम गर्न सक्नुहुन्छ ।”

A woman grabbed Pope Francis towards her when he was greeting pilgrims at St. Peter's Square. The abrupt gesture appeared to cause him pain and the visibly disgruntled pope swiftly wrenched his hand free https://t.co/2nap3R0iQ4 pic.twitter.com/9xooCrAWx3

— Reuters (@Reuters) January 1, 2020

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ