arrow

डान्सबार नै नगएका मेयर कसरी समातिए युवतीसँग ?

मेयरले भने -खाएको बिष पो लाग्छ त

logo
प्रकाशित २०७६ पुष १६ बुधबार
dhami2.jpg

दार्चुला। दार्चुलाको शैल्यशिखर नगरपालिकाका मेयर अमरसिंह धामीले आफु डान्सबार नगएको बताएका छन् । कञ्चनपुरको महेन्द्रनगरस्थित ब्लु डान्सबारबाट युवतीसहित पक्राउ परेको भन्ने समाचारप्रति मेयर धामीले आपत्ति जनाउदै खाएको बिष मात्र लाग्ने बताएका हुन् ।

मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै मेयर धामीले विभिन्न शिर्षकमा आफ्नो चरित्र हत्या हुने गरी विभिन्न सञ्चार माध्यमहरुबाट प्रकाशित गरेका समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको उल्लेख गरेका छन ।

मेयर धामीले मिति २०७६ साल पुस १३ गते राती महेन्द्रनगर बजार स्थित गल्ली नं. ३ मा आफ्ना साथीहरु र अपरिचित व्यक्तिहरुविचमा झगडा भए पश्चात आफुलाई साथीहरुले खबर गर्दा आफ्नो घरबाट उक्त घटना भएको  गल्लीमा पुगेको भएपनि डान्सबार भित्र प्रवेश नै नगरेको बताएका छन ।

उक्त समयमा आफु त्यहाँ पुग्दा जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरको टोली त्यहाँ पुगिसकेको र वडा प्रहरीको टीम आफुभन्दा पछि पुगेको व्यहोरा प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ । साथै विभिन्न माध्यमबाट सम्प्रेषण गरेका विभिन्न समाचारको विषयमा आफु त्यो डान्सबार थाहा भएको नत उक्त ठाउँमा गएको उल्लेख गरेका छन । कुनै पनि खालको समाज विरोधी कार्य नगरेको दाबी गर्दै  विज्ञप्ती मार्फत उनले घटनाको सत्यतथ्य अध्ययन नगरी समाचार सम्प्रेषण नगर्न सञ्चारकर्मीहरुलाई अपिल समेत गरेका छन ।

सत्यतथ्य घटनामा आधारित रहि समाचार सम्प्रेषण गर्नु पत्रकारिता धर्म रहेको बताउदै मेयर धामीले आफ्नो अमुल्य जीवनलाई राजनीतिमा समर्पित हुदै आएको हाल शैल्यशिखर नगरपालिकाको  जनाताले नगर प्रमुखको जिम्मवारी समेत आफुलाई प्रदान गरेकोले केही प्रतिक्रियाबादीहरुले आफुबिरुद्ध नियोजित रुपमा  झुटा, भ्रामक, चरित्रहत्या हुनेगरी गलत समाचार प्रकाशित गरेको बताए  ।

यस घटनामा प्रहरी प्रशासनले पक्राउ नै नगरिएको बताउदै राजनैतिक प्रतिशोधका कारण केही मिडियाहरुले कपोलकल्पित र भ्रामक समाचार सम्प्रेषण गरि मानसिक यातना दिईरहेको उनले बताए। यो अवस्थामा आफूले गल्ती गरेको र  पक्राउ परेको प्रमाणित गरेर देखाउन चुनौती समेत दिदै उनले भने 'मेयर  प्रकाउ परेको प्रमाणित गर्नुहोस म मेयर पद समेत त्याग्न तयार छु।'

उता कनचापुर प्रहरीले मेयर धामीलाई  पक्राउ नगरेको स्पष्ट पार्दै आईरहेको छ। सोमवार साँझ महेन्द्रनगरमा रहेको डान्सवार अगाडी भएको झगडामा आफ्ना कार्यकर्ताको पक्षमा बोल्न आएको र उनले दुबै पक्ष मिलेपछि आफ्ना कार्यकर्तालाई लिएर  गएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरिक्षक नरेन्द्र चन्दले उनी डान्सवारमा नै नगएकाले उनको नाम जोडेर आएका  समाचार निराधार भएको बताए।

कञ्चनपुरको महेन्द्रनगरस्थित ‘डान्सवारबाट युवतीसहित पक्राउ’ परेको भन्दै शैल्यशिखर नगरपालिकाका प्रमुख अमरसिंह धामीलाई गलत आरोप लगाउने ब्यक्ति, सत्यतथ्य नबुझी समाचार लेख्ने पत्रकार, मिडिया, अरुको चरीत्र हत्या गर्न सामाजिक संजालमा लागिपरेका जो कोहिलाई आवश्यक कानुनी  कार्वाहीको लागि कानुनी प्रकृयामा जान बाध्य बनाउने कार्यहरु अझै भइरहेकाले सवैलाई सचेत हुन  समेत आग्रह गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ