arrow

पाँच संवैधानिक आयोगको प्रतिवेदन पेश

logo
रासस,
प्रकाशित २०७६ पुष १६ बुधबार
upper-house1.jpg

काठमाडौं ।  राष्ट्रियसभाको बुधबारको बैठकमा पाँच संवैधानिक आयोगको वार्षिक प्रतिवेदन पेश भएको छ ।  प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री डा युवराज खतिवडाले लोकसेवा आयोगको ६०औँ वार्षिक प्रतिवेदन २०७५-०७६, थारु आयोग, राष्ट्रिय समावेशी आयोग, मधेशी आयोग र मुस्लिम आयोगको वार्षिक प्रतिवेदन २०७५-०७६ सभामा पेश गरे ।

यस्तै विधायन व्यवस्थापन समितिका सभापति पर्शुराम मेघी गुरुङका तर्फबाट ठगेन्द्रप्रकाश पुरीले ‘राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०७५’ सम्बन्धी समितिको प्रतिवेदन सभामा पेश गरेका थिए ।

यही पुस १४ गतेको बैठकले सो विधेयक दफावार छलफलका विधायन व्यवस्थापन समितिमा पठाएको थियो । जसमा १४ सांसदले १४ दफामा २९ वटा संशोधन दर्ता गराउनुभएको थियो । उक्त विधेयक बिना संशोधन समितिबाट पारित भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ