arrow

भारतको चन्द्रमामा पुग्ने तेस्रो योजना आयो 

logo
प्रकाशित २०७६ पुष १७ बिहिबार
chandrayan-2.jpg

काठमाडौं। भारतले तेस्रो पटक चन्द्रमामा पुग्ने योजना सार्वजनिक गरेको छ। विक्रम ल्यान्डर नामक यान अवतरण गर्ने क्रममा चन्द्रमाको सतहमा ठोक्किएको केही महिनापछि भारतले तेस्रो पटक चन्द्रमामा पुग्ने योजना सार्वजनिक गरेको हो।

भारतीय अन्तरिक्ष केन्द्र (इसरो) का अध्यक्ष के शिवनले मानवरहित चन्द्रयान ३ मिसन सम्बन्धी कार्यक्रम अगाडि बढेको जानकारी दिए। उनले यो योजना सन् २०२१ भित्रै पूरा गर्ने दावी गरे। योजना सफल भए भारत चन्द्रमामा सफ्ट ल्यान्डिङ गर्न सफल चौथौँ राष्ट्र हुनेछ। चन्द्रमाको सतहमा हालसम्म रुस, अमेरिका र चीनले मात्रै मिसन पूरा गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ