arrow

प्रवासी युवाले पठाएको रकम पत्रकार भण्डारीद्धारा मिर्गौलापीडितलाई हस्तान्तरण

logo
प्रकाशित २०७३ वैशाख २ बिहिबार
kidney-victim.jpg.jpeg
काठमाडौँ। दुवै मिर्गौलाले काम गर्न छोडेका हरेवा–७ गुल्मीका दीपक गुरुङलाई उपचारका लागि सहयोग रकम हस्तान्तरण गरिएको छ। 
 
एक कार्यक्रममा राष्ट्रिय समाचार समितिका उपसम्पादक जीवन भण्डारीले रु एक लाख ३५ हजार ७४ मिर्गौलापीडित गुरुङलाई हस्तान्तरण गरेका हुन्। उक्त रकम संयुक्त अरब इमिरेट्स (युएइ)को अबुदाबीमा कार्यरत नेपालीले सङ्कलन गरेर पठाएका हुन्। रकम सङ्कलनको नेत्तृत्व जहरसिंह गुरुङले गरेका थिए।
 
दुई वर्ष अघिदेखि मिर्गौलाका बिरामी रहेका गुरुङ करिब चार महिनादेखि बनस्थलीस्थित राष्ट्रिय मिर्गौला उपचार केन्द्रमा उपचाररत रहेका छन्। उपचारका क्रममा उनलाई हप्ताको दुईपटक ‘डाइलोसिस’ गर्नुपर्छ। उपचारका लागि महिनाको रु २५ देखि ३० हजारसम्म खर्च हुन्छ। यसअघि गाउँमै नोकरी गरिरहेका २८ वर्षीय गुरुङले बिरामी भएपछि कुनै काम गर्न नसक्ने भएका छन्। 
 
आर्थिक अवस्था अत्यन्तै कमजोर भएका गुरुङले आफ्नो उपचारमा सहयोग गर्न चाहनेका लागि पदमबहादुर गुरुङको नाममा रहेको ग्लोबल आइएमई बैंकको खाता नं ४७०७०१०००५३१३ मा रकम जम्मा गर्न आग्रह गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ