arrow

स्याङ्जा सहयोग समाज युएईको नवौं वार्षिकोत्सवमा वनभोज

logo
प्रकाश ढकाल,
प्रकाशित २०७६ पुष १८ शुक्रबार

फुजेराह । स्याङ्जा सहयोग समाज युएईको नवौं बार्षिकोत्सब तथा वृहत् बनभोज कार्यक्रम युएईको फुजेराह मसाफीमा भएको छ । संस्थाका प्रवक्ता कल्पित भन्डारी (फर्शुराम) को स्वागत मन्तब्यसँगै शुरु भएको कार्यक्रमका सभापति संस्थाका अध्यक्ष प्रेमराज भण्डारी थिए । 

यसैगरी बिजनेश काउन्सिलका कोषाध्यक्ष तथा संस्थाका संस्थापक उपाध्यक्ष एकेन्द्रबहादुर थापा प्रमुख अतिथि थिए ।

कार्यक्रमलाई भब्य र सभ्य बनाउन नेपाली समाज, एन आर एन ए (नेपाल एसोसियसन) पत्रकार महासंघ, पाल्पाली समाज, पर्वत सेवा समाज, कालीगण्डकी बहुउद्देश्यीय सेवा समाज तथा अन्य संघ संस्थाका प्रतिनिधिहरु समेत बनभोजमा थिए ।

हरेक बर्ष मनाउँदै आएको बार्षिकोत्सव केक काटी मनाईएको थियो । कार्यक्रममा विभिन्न किसिमका नेपाली परिकारका खानाका साथमा कलाकारहरुका प्रस्तुति तथा साँगीतिक बाजागाजाका धुनहरुले मसाफी संगीतमय बनेको थियो । 

कार्यक्रममा युएईका सबैजसो स्थानबाट आएका दर्शकहरुको बाक्लो चाप रहेको थियो । करिब ४ सय जनाले कार्यक्रममा भरपुर मनोरञ्जन लिएको कार्यक्रम सँयोजक थमन रानाभाटले बलाए । 

कार्यक्रम सँस्थाका महासचिव जीवन पंगेनीले संचालन गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ