arrow

बार्सिलोनाले बराबरी खेल्दा रियाल मड्रिडको जित

logo
प्रकाशित २०७६ पुष २० आइतबार

काठमाडौं । स्पेनिस लिग ला लिगा फुटबलमा लिग लिडर बार्सिलोना बराबरीमा रोकिएको छ भने रियाल मड्रिडले जित निकालेको छ । 

शनिबार राति भएको खेलमा बार्सिलोनाले लिग तालिकाको पुछारमा रहेको स्पानियोलसंग २–२ को बराबरी खेलेको हो । 

स्पानियोलको मैदानमा भएको खेलमा डभिड लोपेजले २३ औ मिनेटमा घरेलु टोलीलाई अग्रता दिलाए । लुईस स्वारेजले ५० औं मिनेटमा बार्सिलोनालाई बराबरीमा ल्याए ।

अर्टुरो भिडालले ५९ औ मिनेटमा बार्सिलोनालाई अग्रता दिलाए पनि खेल सकिन दुई मिनेट अघि उ लिले गोल गर्दै घरेलु टोलीलाई बराबरीम ल्याए । 

फ्रेन्की डी जोङ ७५ औ मिनेटमा रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि बार्सिलोना १० खेलाडीमा सिमित बनेको थियो ।

रियाल मड्रिडले भने गेटाफेमाथि सहज ३–० गोल अन्तरको जित निकाल्यो । गेटाफेको मैदानमा रियालका लागि लुका मोड्रिच र राफेल मारानेले १–१ गोल गरे । पहिलो गोल डेभिड सोरियाको आत्मघातीबाट रियालले अग्रता लिएको थियो । 

अन्य खेलको नतिजा
सेभिया १–१ एथलेटिक बिलबाओ
भ्यालेन्सिया १–० आइबार
एथलेटिको मड्रिड २–१ लेभान्ते
अंक तालिका 
१९ खेलबाट बार्सिलोना र रियाल मड्रिडको समान ४० अंक भएको छ । एथलेटिको मड्रिड र सेभिया समान ३५ अंक रहेको छ । रियाल सोसिडाड र भ्यालेन्सियाको समान ३१ अंक छ । 

सातौं स्थानको गेटाफेको ३० अंक छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ