arrow

ट्रकले अटोरिक्सालाई हान्यो, दुईको घटनास्थलमै मृत्यु, तीन घाइते

logo
प्रकाशित २०७६ पुष २० आइतबार
accident-final.jpeg

दमक । पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको दमकमा शनिबार राति भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।  तीन घाइते भएका छन् ।
 
दमक–९ स्थित क्याम्पसमोडमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे१ह ४९१९ नंको अटोरिक्सालाई विपरीत दिशाबाट आइरहेको भारतीय नम्बरको बीआर०७जीएच७८ को ट्रकले ठक्कर दिँदा अटोरिक्साका चालकसहित दुईको घटनास्थलमै मृत्यु भएको छ ।
 
दुर्घटनामा परी मृत्यु हुनेमा दमक नगरपालिका–९ का अटोरिक्सा चालक हरिबहादुर भुजेल र अर्का मृतकको पहिचान खुल्न सकेको छैन । 

दुर्घटनामा अटोरिक्सामा सवार तीनै जना घाइतेको स्थानीय लाइफलाइन अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए । 

दुर्घटनामा संलग्न ट्रकसहित चालकलाई नियन्त्रणमा लिएको उनले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ