arrow

एकैसाथ पन्ध्र सडक बालबालिकाको उद्धार

logo
प्रकाशित २०७६ पुष २० आइतबार
pradesh11.jpg

दमक । झापाको दमकबाट शनिबार १५ सडक बालबालिकाको उद्धार गरिएको छ । प्रदेश नं १ लाई सडक बालबालिकामुक्त बनाउने अभियान अन्तर्गत दमकबाट एकैसाथ १५ सडक बालबालिकालाई उद्धार गरिएको हो । 

बालबालिकाको उद्धार गर्न प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेसहित अधिकारी दमकको चोक, बजारका सडकमा पुगेका थिए ।

सडक बालबालिकालाई नेपाल प्रहरीको बालबालिका खोजतलास समन्वय केन्द्रको सहयोगमा उद्धार गरिएको जनाइएको छ । 

उद्धार टोलीमा दमक नगरपालिका प्रमुख रोमनाथ ओली, उपप्रमुख गीता अधिकारी, प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव वीरबहादुर राई, दमक प्रहरी प्रमुख बिजयराज पण्डितलगायत सहभागी थिए ।

प्रदेशलाई सडक बालबालिकामुक्त बनाउने अभियान शुक्रबार धरानबाट शुरु भएको र प्रदेशका मुख्य शहरमा त्यस अभियान सञ्चालन गरिने सामाजिक विकास मन्त्रालयका सचिव राईले बताए । 

उद्धार गरिएका सडक बालबालिकालाई पुनःस्थापना र पुनःवास कार्यक्रमअन्तर्गत पुनः सडकमा आउन नदिने अभियानको लक्ष्य रहेको उनको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ