arrow

हवाईजहाज चढ्नेले ध्यान दिनैपर्छ यी कुरा

logo
प्रकाशित २०७६ पुष २० आइतबार
jet-plane-actor.jpg

काठमाडौं । दैनिक जीवनमा धेरै प्रयोग गरिने रेल, बस, ट्याक्सी चढ्दा मानिसहरुले केही कुराहरुमा ध्यान दिने गर्छन् । यदि हवाईजहाजको यात्रा गर्दा त्यसबाहेकका पनि धेरै कुरामा ध्यान दिनुपर्ने हुन्छ ।  त्यसका लागि हवाई जहाजको आफ्नै नियम तथा केही अन्तर्राष्ट्रिय नियमको पनि पालना गर्नु जरुरी हुन्छ ।

सामानको तौल परीक्षण
आन्तरिक यात्राको क्रममा २०-२५ किलोसम्मको समग्रीहरु आफ्नो साथमा लान सकिन्छ तर त्यसभन्दा बढी तौलको सामानको लागि भने थप महशुल तिर्नुपर्ने हुन्छ ।

पेय पदार्थ
प्रत्येक देशको नियमअनुसारको साथमा १ सय मिलिभन्दा बढी पेय पदार्थ नबोक्नु राम्रो हुन्छ । साथै यसलाई राम्रोसँग प्याकिङ गर्नु पनि जरुरी हुन्छ । स्याम्पु, जेल र मन्जनजस्ता सामग्रीहरु हवाई यात्राको क्रममा साथमा नलानु नै राम्रो मानिन्छ ।

धारिलो वस्तु नबोक्ने
नङकट, सुईअजस्ता धारिला वस्तुहरु हवाई जहाजमा लान पाइँदैन । यस्तोमा चक्कु, करौंती वा तरवारजस्ता सामग्रीहरु लैजान चाहनुहुन्छ भने यसलाई राम्रोसँग प्याक गरेर चेक–इन ब्यागमा राख्नु सबैभन्दा राम्रो हुन्छ ।

खेलकूदका सामग्री
यदि तपाइँ खेलाडी वा कुनै खेलको शौखिन हुनुहुन्छ भने आफ्नो साथमा बेसबलको ब्याट, स्की पोल्स, धनुष तीर, हकी स्टिक, गल्फ क्लबजस्ता सामग्रीहरु साथमा लैजानुहुँदैन । एयरलाइन्सको नियमअनुसार यस किसिमका सामग्रीहरु साथमा लैजान पाइँदैन । यदि लैजानुहुन्छ भने यी चिजलाई चेकिङको क्रममा बाहिर राखिन्छ ।

आफ्नो सुरक्षाका सामग्री
कहिलेकाँही आफूलाई आवश्यक पर्ने पेपर स्प्रे, लठ्ठी, ब्लेड कैंचीलगायतका सामग्रीहरु मानिसहरुले बोक्ने गर्छन् तर यस्ता सामग्रीहरु पनि हवाईजहाजमा यात्राको क्रममाा प्रयोग गर्न पाइँदैन ।
 
आगो लगाउने कुनै पनि सामग्री नबोक्ने
हवाई यात्राको क्रममा आगो लगाउने कुनै पनि सामग्री लैजान पाइँदैन । लाइटर, सलाईजस्ता कुनै पनि सामग्रीहरु हवाई यात्रामा नलैजानु राम्रो हुन्छ । यसलाई चेक–इन ब्यागमा र ह्याण्ड ब्याग दुवैमा राख्न पाइँदैन ।
 
फलफूल, मासु, सागपात
धेरैजसो मुलुकमा आफ्नो साथमा मासु, फलफूल, सागपातजस्ता सामग्रीहरु प्रयोग गर्न पाइँदैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ