arrow

बुद्धभूमीमा खेलकुद र शैक्षिक गतिविधि

logo
मणि प्रसाद गैेह्रे, 
प्रकाशित २०७६ पुष २२ मंगलबार

कपिलवस्तु । बुद्धभूमी नगरपालिकामा सोमबारदेखि राष्ट्रपति रनिङ शिल्ड मेयर कप खेलकुद तथा शैक्षिक सामाग्री प्रदर्शनी सुरु भएको छ । 

नगरपालिकाले निर्माण गरेको खेल मैदानमा भव्य कार्यक्रमका बीच रनिङ शिल्ड संचालन गरिएको छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ सुरु भएको प्रतियोगिता ३ दिनसम्म चल्ने छ ।

नगरपालिकाले तय गरेको बार्षिक शैक्षिक कार्यक्रम अनुसार आयोजना गरिएको राष्ट्रपति रनिङ शिल्डमा छात्रछात्रातर्फ दौड, हाइजम्प, लङजम्प, ज्याबलिङ थ्रो, शटपुट, ब्याडमिन्टन, भलिवल, फुटवल लगायतका खेलहरु संचालनमा रहेका छन् । 

प्रतियोगिताको पहिलो दिन सोमबार विभिन्न प्रतियोगिताहरु सम्पन्न भएका छन् । सोमबार भएको १५ सय मिटरको छात्रा दौडमा फुलकली मावी प्रथम भएको छ । 

निकै प्रतिस्पर्धाकाबीच फुलकलीकी लक्ष्मी यादव प्रथम भएकी हुन् । गौतमबुद्ध माविकी पुजा थारु द्धितीय हुँदा सिद्धार्थ स्मारक भेलाहीकी छमकला विक तृतीय भईन् । यसैबीच कार्यक्रममा बोल्ने वक्ताहरुले खेलकुदको विकासबिना शिक्षाको विकास हुन नसक्ने बताएका छन् । 

उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समितिका अध्यक्ष नारायण खनालले शिक्षा र खेलकुद एक अर्काका परिपुरक भएको बताए । खेलकुदको विकास बिना शिक्षाको विकास हुन नसक्ने बताए । 

स्थानयि तहमा गरिने यस्ता कार्यक्रमले ब्यक्तिको लुकेर रहेको प्रतिभा उजार हुने भएकाले हरेक स्थानीय तहले यसलाई उच्च प्राथमिकतामा राख्नु पर्ने जिल्ला शिक्षा समन्वय इकाइका प्रमुख थानेश्वर घिमिरेले बताए ।  

संविधान तह स्थानीय तहलाई खेलकुदका कार्यक्रम गर्न अनिवार्य गरिए पनि कतिले अल्छी गरेको सन्दर्भमा बुद्धभूमिले भने प्रसंनीय काम गरेको भन्दै घिमिरेले नगरलाई धन्यबाद दिए । 

नगर प्रमुख  श्रेष्ठले शिक्षा र खेलकुदको विषयमा नगरपालिकाले निरन्तर विशेष रुपमा काम गरेको बताए  । प्रत्येक विद्यालयहरुमा अत्तिरित्त क्रियाकलाप तथा खेलकुदलाई निरन्तरता दिन नगरले योजना वनाइ काम गरेको समेत उनले बताए । 

नगरपालिकाका निमित्त कार्यकारी प्रमुख लिल बहादुर राउतको स्वागत, श्रोत व्यक्ति खेमराज पौडेलको संचालनमा सम्पन्न उद्घाटन  नेकपा नगर संयोजक पिताम्बर खनाल लगायतले बोलेका थिए । 

यस्तै सोमबार नै शैक्षिक सामाग्रीको प्रदर्शनी पनि सकिएको छ । प्रदर्शनीमा बालबालिकाहरुले सुचना, प्रविधि, विज्ञान, मौलिक कला र संस्कृति झल्कने, विषयगत सुचना र शिक्षा दिने खालका शैक्षिक सामग्रीहरु प्रदर्शनीमा राखिएका थिए ।

प्रतियोगिताहरु इमिलिया खेलमैदान र नगरपालिकाको मैदानमा भइरहेका छन् । उत्कृष्ट प्रदर्शन गर्ने विद्यालयहरुलाई पुरस्कार वितरण गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ