arrow

चिकित्सा तथा योग हस्पिटल सञ्चालकहरुले गरे एसोसिएसन गठन

logo
प्रकाशित २०७६ पुष २२ मंगलबार
yog3.jpg

काठमाडौं । प्राकृतिक चिकित्सा तथा योग हस्पिटल एसोसिएसन नेपाल गठन गरिएको छ । मंगलबार प्राकृतिक चिकित्सा तथा योग हस्पिटल सञ्चालकहरुले एसोसिएसन गठन गरेका हुन्।

एसोसिएसनको अध्यक्षतामा सुदर्शन बस्नेत रहेका छन् । अन्य १२ सदस्यीय कार्यसमिति रहेको छ। एसोसिएसनको वरिष्ठ उपाध्यक्षमा डा जनकबहादुर बस्नेत, उपाध्यक्षहरुमा डा दीपा पाण्डे, डा रविनलाल श्रेष्ठ, हरि सापकोटा, माहासचिव रुपेश अधिकारी र कोषाध्यक्षमा डा आनन्द गैरे रहेका छन्।

त्यस्तै सदस्यहरु डा ऋषिराज बराकोटी (क्षीतिज), डा आयुषा अधिकारी, नमिता न्यौपाने, धुव्र घिमिरे, सरस्वती पन्थी भुषाल र शिव अधिकारी रहेका छन्।

प्राकृतिक चिकित्सा तथा योग अस्पताल क्षेत्र अन्तर्गत रहेका विभिन्न संस्था तथा अस्पताललाई एक पेसागत संस्था आवश्यकता भएको भन्दै एसोसिएसन गठन गरिएको जनाइएको छ।  

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ