arrow

'ओम शान्ति ओम' की निर्देशकको यस्तो छ प्रेम कहानी

फराहले आठ बर्ष कान्छा शिरीषसँग गरिन् विवाह, ४ बर्षमा ३ सन्तान

logo
प्रकाशित २०७६ पुष २३ बुधबार
faraha1.jpg

काठमाडौं ।  बलिउडकी प्रसिद्ध निर्देशक तथा कोरियोग्राफर फराह खानको ९ जनवरीमा जन्मदिन हो । फराह आफ्नो शान्त स्वभावको लागि परिचित छिन्। फराहले निर्देशकको शुरुआत फिल्म 'मे हुँ ना' बाट गरेकी हुन्। यस अघि उनी बलिउड फिल्महरूमा कोरियोग्राफरको रूपमा काम गर्थिइन्। 'मे हूँ ना' पछि फराह खानले 'ओम शान्ति ओम', 'तीस मार खान' र 'ह्याप्पी न्यू ईयर' जस्ता फिल्महरू निर्देशित गरिन् ।

फराह खानले २००४ मा शिरीष कुन्दरसँग विवाह गरेकी थिइन्। शिरीष कुन्दर र फराहको प्रेम कहानी पनि फिल्म जस्तै छ। फराहका पति शिरीष बलिउडमा आउनु अघि इलेक्ट्रोनिक इन्जिनियर थिए र उनले मोटोरोला कम्पनीमा काम गर्थे। चार बर्ष कम्पनीमा काम गरिसकेपछि शिरीषले उद्योग परिवर्तन गरेर बलिउडमा भाग्य जोख्न आए ।

शिरीषले फिल्म उद्योगमा सम्पादकको रूपमा काम गरे। शिरीषको फराहसँग पहिलो भेट फिल्म 'मै हूँ ना' को सेटमा भएको थियो। दुबै सेटमा सधै झगडा गर्दथे। सो समय यी दुवै विवाह हुनेछन् भनेर कसैले सोचेका थिएनन् । तर अचानक एक दिन शिरीषले फराहलाई प्रस्ताव गरे।

त्यस समयमा फराह ३२ र शिरीष २५ वर्षका थिए। शिरीषको प्रस्ताव स्विकार गर्न फराहले लामो समय लगाइन् तर अन्ततः दुबैले २००४ मा बिहे गरे । उनीहरूको विवाहको चार बर्षपछि फराह खानले तीन वटा बच्चालाई जन्म दिइन् । फराह खानसँग विवाह गरेपछि शिरीषले 'तीस मार खान' र 'जोकर' जस्ता फिल्महरूको कथा पनि लेखे। तर दुबै फिल्महरू बक्स अफिसमा फ्लप भए।

अक्षय कुमारले यी दुवै फिल्महरूमा अभिनय गरेका थिए। फिल्म 'जनेमान' मा पनि शिरीष कुन्दरले  लेखक गरेका थिए। शिरीषले 'कृति' नामको छोटो फिल्म पनि बनाइसकेका छन । शिरीषको कारण  फराह खान र शाहरुख खानको सम्बन्धमा दरार आएको थियो । दुबै उद्योगमा भाई-बहिनीको रूपमा चर्चामा थिए । तर शिरीषले एक पटक शाहरुखको फिल्म 'रावण'को बारेमा गलत कुरा गरे।

यसबाट शाहरुख खान उनीसँग धेरै रिसाए। यस अघि शाहरुखले फिल्म 'तीस मार खान' मा अभिनय गर्न इन्कार गरेका थिए। शाहरुखलाई फिल्मको कथा मन परेन । त्यसबेलादेखि शिरीष र शाहरुखले एक अर्कालाई मन पराउन छाडे।

यसै कारणले शाहरुखले एक पटक संजय दत्तको पार्टीमा शिरीषलाई थप्पड लगाए। तब फराहले दुबैलाई शान्त पारेकी थिइन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ