arrow

ट्रम्पको संयमित सम्वोधनमा इरानलाई प्रष्ट चेतावनी

logo
प्रकाशित २०७६ पुष २३ बुधबार
trump14.jpg

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रका नाममा संयमित संवोधन गरेका छन् । प्रायः आक्रामक शैलीमा आइरहने ट्रम्पले बुधबार राति राष्ट्रका नाममा संबोधन गर्दै संयमित शैलीमा अमेरिका अर्थ र सैन्य शक्तिमा मजबुद रहेको बताए। 

इरानले बुधबार बिहान इराकमा रहेको अमेरिकी २ सैन्य क्याम्पमा आक्रमण गरेपछि अमेरिकाले आक्रामक प्रतिक्रिया दिने आँकलन भइरहँदा ट्रम्पले संयमपूर्वक जवाफ दिए।

यद्यपि उनले कोही आफ्नो देशमाथि आइलाग्छ भने त्यसलाई नछोड्ने सन्देश उनले दिएका छन् । 

‘मेरो तीन वर्षको कार्यकालमा देशको अर्थतन्त्र मजबुद भएको छ र सैन्य शक्ति पनि मजबुद भएको छ’ ह्वाइटहाउसमा भएको संवोधनका क्रममा उनले भने।  

आफूहरुसंग हतियार पनि यथेष्ट भएको भन्दै ट्रम्पले संयमित शैलीमा हिंसा चाहने राष्ट्रहरुप्रति चेतावनीसमेत दिए। 

आफ्नो बारेमा, अर्थतन्त्रको बारेमा, सेनाको बारेमा बोलेका ट्रम्पले ग्याँस र पेट्रोलियम पदार्थमा संसारकै ठूलो उत्पादक भएको पनि प्रष्टयाए।

उनले इरानमाथि आक्रामक हुनुको सट्टा इरान आतंकवादको विरुद्धमा साथ आउनु पर्ने अभिव्यक्ती दिएका छन् । तर ट्रम्पले इरानमाथि नयाँ प्रतिवन्ध भने लगाउने बताएका छन् । इरानले परमाणु शक्ति राष्ट्र बन्ने सपना छोड्नु उचित हुने पनि सुझाव दिएका छन् । 

उनले गर्वका साथ आतंकवादको विरोधमा लड्ने र साथ दिन इरानलाई समेत आग्रह गरेका छन् । ट्रम्पले आतंकवाद विरुद्ध तथा परमाणु शक्ति राष्ट्र बन्ने इरानी महत्वाकांक्षालाई रोक्न साथ दिन चीन, ब्रिटेन, रुस, फ्रान्स र जर्मनीलाई आग्रह गरेका छन् । 

ट्रम्पले इरानी सैन्य जनरल कासिम सुलेमानी राक्षसको संज्ञा दिदै उनलाई पहिले नै मारिदिनु पर्ने थियो भनेका छन् । सुलेमानीलाई अमेरिकी सेनाले गत शुक्रबार मारेको थियो ।

ट्रम्पले आतंकवाद विरुद्ध जहिले पनि लड्ने भन्दै आइएसका १० हजार लडाकू मारेको सगौरव सुनाए। आफ्नो संवोधनका क्रममा अमेरिकी सेनाको उनले प्रशंसा समेत गरे।

ट्रम्पको यो संवोधनलाई अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले समेत प्रशंसा गरेका छन् । तेस्रो विश्वयुद्धको आशंका गरिएको बेला ट्रम्पले संयम अपनाएको भन्दै उनको प्रशंसा भएको हो ।

संवोधनमा उनीसँगै साथमा उपराष्ट्रपति, रक्षामन्त्री र सेनाका उच्च अधिकारीहरू थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ