arrow

देउवासंग जिल्ला सभापतिहरुको ‘लञ्च मिटिङ’

logo
प्रकाशित २०७६ पुष २३ बुधबार
nepali-congress-flag.jpg.jpeg

काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले तीन दिनसम्म पार्टी मुख्यालय विपीनगरमा भेला गरेपछि केन्द्रीय सभापति शेरबहादुर देउवाले ‘लञ्च मिटिङ’ डाकेका छन् । 

संस्थापन इतरका असन्तुष्ट पक्षका जिल्ला सभापतिहरुले सहमति बिना घोषणा गरेको महाधिवेशनको मिति, हचुवाका भरमा बढाइएका विभागहरु तथा महासमितिले निर्णय गरेका पार्टीका विधानका बुँदालाई हटाएको आरोपसहित फिर्ताको दवाव दिनका लागि पार्टी मुख्यालमै बहस चलाएपछि देउवा उनीहरुका कुरा सुन्न तयार भएका हुन् । 

सोही अनुसार सभापति देउवाले बिहीबार बिहान १० बजे खानासंगै बिचार सुनेर निर्णय गर्ने योजना बनाएका हुन् । 

गत पुस ११ गते वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, महामन्त्री डा शशांक कोइराला, प्रकाशमान सिंह, डा रामशरण महत लगायतका नेताहरुको बहिस्कारबीच पनि संस्थापन पक्षले निर्णय गरेको थियो । 

त्यसपछि निर्णय फिर्ता नभएसम्म केन्द्रीय समिति बैठकमा भाग नलिने निर्णय इतर पक्षले गर्दै आएको छ । 

संस्थापनको बहुमतको आधारमा भएको निर्णयको विरोधस्वरुप ४५ को हाराहारीमा जिल्ला सभापतिहरु गत सोमबारदेखि सानेपामा बैठकमा बसेका हुन् । 

नुवाकोट जिल्ला सभापति जगदीश नरसिंह केसीले सभापति देउवालाई भेट्न देउवा निवास बुढानीलकण्ठ जानुभन्दा अगाडि जिल्ला सभापतिहरुसंग बसेर सबैको भनाई समेटेर एउटा निचोड बनाउने र त्यो निचोड देउवालाई बुझाउने बताएका छन् । 

उनका अनुसार जिल्ला सभापतिहरुको भेला सकिएको छ । अब देउवाबाट आश्वासनमात्र पाउन बाँकी रहेको छ । 

यसो भन्छन् महामन्त्री डा शशांक कोइराला
महामन्त्री डा शशांक कोइरालाले पनि सभापति देउवा निर्णय सच्याउन तयार रहेको बताए । जिल्ला सभापतिहरुको भेलालाई बुधबार सम्बोधन गर्दै उनले देउवा पुस ११ गतेको निर्णय सच्याउन तयार रहेको बताएका थिए ।

उनले सभापति देउवाले निर्णय नसच्याए अर्को कदम चाल्ने चेतावनी दिन भने बिर्सेनन् । वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि जिल्ला सभापतिहरुको सहभागिता र अडानबाट आफूहरु उत्साही भएको बताएका थिए । 

के छ जिल्ला सभापतिहरुको भनाई

उनीहरुले शीर्ष नेतृत्वबाटै गुट–उपगुटको अन्त्य गर्न सुझाव दिएका छन् । जिल्ला सभापतिहरुले पार्टीका शीर्ष नेताहरुकै कारण केन्द्रदेखि स्थानीय तहसम्म गुटउपगुट झांगिएको भन्दै सच्चिन आग्रहसमेत गरेका हुन् ।

उनीहरुले पार्टी विधि र विधान विपरित निर्णय गर्ने पार्टी सभापतिविरुद्ध एकजुट हुनुपर्ने धारणा राखेका छन् । जिल्ला सभापतिहरुले सभापति देउवाको कदमविरुद्ध एक जुट भएर अघि बढ्न संस्थापन इतर पक्षका नेताहरुलाई सुझाव दिएका हुन् ।

तर, केही जिल्ला सभापतिहरुले संस्थापनसंगै इतर पक्षका नेताहरुको पनि कमजोरी भएकाले दुवै पक्ष सच्चिएर जानुको विकल्प नरहेको धारणा राखेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ