arrow

बग्दादमा दोस्रो हमला 

logo
प्रकाशित २०७६ पुष २४ बिहिबार
iraq-security.jpg

काठमाडौं । इराकको बग्दादमा २४ घण्टाभित्रमा दोस्रो हमला भएको छ । दोस्रो पटक मिसाइल ग्रीन जोनमा खसालिएको बताइएको छ । 

उक्त ग्रीन जोनमा थुप्रै विदेशी दूतावासहरु रहेका छन् । रिपोर्टका अनुसार दुई ठूला विष्फोट उक्त क्षेत्रमा भएका हुन् । 

उक्त हमलापछि ग्रीन जोन क्षेत्रमा सुरक्षा अलर्ट घण्टी निरन्तर बजिरहेको थियो । 

उक्त हमलाको जिम्मा कसैले लिएको छैन । अमेरिकी अधिकारीहरुले भने इराकमा रहेका इरान समर्थित शिया विद्रोही संगठन ‘हाशेद’ को हात रहेको हुन सक्ने आशंका गरेका छन् । 

इरान समर्थित संगठन पीएमएफका प्रवक्ताका अनुसार हमलामा पाँच सुरक्षाकर्मीको मृत्यु भएको छ ।  

यसअघि इरानले इराकस्थित अमेरिकी र गठबन्धन सैनिकहरुको सुरक्षा क्याम्पमा दर्जन बढी क्षेप्यास्त्र प्रहार गरेको थियो । 

इराकको इर्बील र अल–असद सहरमा रहेका अमेरिकी सैन्य आधार शिविरलाई निशाना बनाएर क्षेप्यास्त्र प्रहार गरिएको हो ।

क्षेप्यास्त्र प्रहार गरिए पनि घटनाबाट कुनै मानविय क्षति नभएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रका नाममा संवोधन गर्दै बताएका थिए । 

इरानी सैन्य जनरल कासिम सुलेमानीको हत्याको बदलास्वरुप इरानले अमेरिकाका थुप्रै सैन्य शिविरलाई निशाना बनाएको हो ।

इरानले उक्त घटनामा ८० भन्दा बढी अमेरिकी सेना मारिएको दावी पनि गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ