arrow

प्रीति, रुपा र गोपालजंगले नचाएका दर्शकलाई प्रकाश सपुतले भावुक बनाए 

logo
गोविन्द बीसी, 
प्रकाशित २०७६ पुष २४ बिहिबार
prakash-sapoot.jpg

बौनिया । चिसो र बदलिँदो मौसम छ । केही छिनमै घामको झुल्को देखिन्छ, छिनभरमै सीमसीमे वर्षा । जाडोसंगै प्रतिकुल मौसमलाई छिचोल्दै महोत्सवको माहोलमा रम्न पुगेका दर्शकलाई कलाकारले एकपछि अर्को प्रस्तुति दिए ।

चर्चित दोहोरी गायिका एवं उदघोषिका रुपा घर्तीमगरले फूल फुल्यो बामरी बोलको गीत गाउँन सुरु गरिन् । दर्शक दीर्घाबाट हुटिङ र तालीको आवाज बढ्यो । दिउँसो २ बजेदेखि महोत्सवको माहोल एकाएक संगीतमय बन्यो । हिलो र पानी बिर्सिदै दर्शक रमाए । बुधबार बर्दगोरिया सेतीलोकमार्ग पहिचान महोत्सव २०७६ को दोस्रो दिनमा केही स्थानीय साँस्कृतिक कला र नृत्य प्रस्तुतिसंगै चर्चित गायक, गायिकाले दर्शकलाई भरपूर्ण मनोरञ्जन दिए । 

यसैबीच, लोकदोहोरी गायक गोपालजंग थापाले नेपालका नेता बोलको गीत मार्फत स्टेज तताए । गायक थापाले जनप्रिय गीत गाउँदै बिकासको सन्देश दिए ।सेतीलोकमार्ग बन्छ भन्ने उहिले थियो कुरा, जनताको यो सपना कहिले हुन्छ पूरा, नेपालका नेता बोलको गीत गाए । 

उनको गीतमा साथ दिँदै यूवाहरु गाउँन र नाच्न थाले । गायक गोपालजंग थापाले चश्मा लाउँछु कालो, बर पिपल छाँयाले लगायत केही गीत गाए । उनका क्या राम्रो रैछ नि साँफेबगर, नाच्ने बुढी चाहियो, धेरै भए फटाहा जाली गरि आधा दर्जन बढी गीत अहिलेसम्म बजारमा छन् । महोत्सवमा गायिका प्रिति आलेको प्रस्तुतिमा समेत युवा रमाए । 

त्यसपछि लोकदोहोरी गायक प्रकाश सपुत मञ्चमा देखिए । बोल माया, एकवचन बोल गीतमा सपूतले स्वर दिनबित्तिकै दर्शक, स्रोता समेत भावुक भए । वैदेशिक रोजगारीको सिलसिलामा प्रदेशिएका श्रीमान् बित्दाको पीडालाई गीतमार्फत गायक सपुतले सुनाए ।

उनले गीत गाउँदा लाग्थ्यो दर्शक गीत, सङ्गीतमा झुमेका मात्र थिएनन्, शब्दको भावयुक्त गीतमा केही दर्शकका आँखा नै रसाएका थिए । 

गीत गाउँदा बीचबीचमा दर्शकले उनलाई साथ दिए । मञ्चमा प्रकाश सपूतले दर्शकको मन जिते । यो गीत सुन्नेबित्तिकै युवादेखि वृद्धवृद्धासम्म भावुक भए । महोत्सवमा सपूतले गलबन्दी च्यातियो बोलको गीत समेत गाएका थिए ।राष्ट्रिय गौरवको सडक आयोजना सेतीलोकमार्ग निर्माणका लागि राज्यको ध्यानाकर्षण गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो ।

कृषि, ब्यापार,संस्कृति र पर्यटनको बिकास ‘निर्माणाधिन सेतीलोकमार्गको निकासु भन्ने मूल नारा सहित पौष २२ देखि सुरु भएको महोत्सव माघ २ गतेसम्म चल्नेछ ।

महोत्सवमा बिहीबार नेपाली चलचित्र क्षेत्रका नायक विराज भट्ट, नायिका निकिता चण्डक, देउडा गायक लालबहादुर धामी, हाँस्य कलाकार दिपेन्द्र ओली, गायिका तथा उद्घोषिका उमादेवी खनाल लगायत स्थानीय कलाकारको प्रस्तुति रहने आयोजकले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ