arrow

बीरगंजमा शहिद दिवस मनाउने मन्त्रिपरिषद्‌को निर्णय

logo
निरंजन कुमार साह,
प्रकाशित २०७६ पुष २४ बिहिबार
mantriparisad.JPG

जनकपुरधाम ।  मधेश आन्दोलनमा बलिदानी दिएका शहिदहरुको सम्झनामा मनाईने शहिद दिवस प्रदेश सरकारले यस वर्ष बीरगंजमा विशेष समारोहको आयोजना गरि मनाइने भएको छ ।

प्रदेश सरकार मन्त्रिपरिषद्‌को बिहीबार सम्पन्न बैठकले माघ ५ गते शहिद दिवस भव्यताका साथ मनाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले बताए ।

प्रदेश सरकारको आयोजनामा हुने उक्त कार्यक्रममा विभिन्न शीर्ष नेताहरुको समेत उपस्थिति रहने छ । उक्त कार्यक्रममा मधेश आन्दोलनका शहीद परिवार एवं घाइतेहरुलाई सम्मान समेत गरिने बताए ।

२०६३ साल यता मधेश केन्द्रित दलहरुले शहिदहरुको सम्झनामा मनाउदै आएको शहिद दिवस गत वर्षदेखि प्रदेश सरकारले मनाउन थालेको हो । गत वर्ष माघ ५ गते सिरहाको लहानमा शहीद दिवस आयोजना गरिएको थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ