- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । डोजरले सडक खन्दा एक घर परिवार उठिबास लाग्ने अवस्थामा पुगेको छ । बैतडी मेलौली नगरपालिका बडा नम्बर ६ मा रहेको हेमराज भट्टको परिवार उठिबास हुने अवस्थामा पुगेको हो । मेलौलि नगरपालिका ७ काडाबजारदेखि महारुद्रसम्म बाटो निर्माणको क्रममा छ ।
मेलौलि बडा नम्बर ६ का हेमराज भट्टले बारम्बार घरको आगनमा डोजर नचलाउन आग्रह गरे तर उनको आग्रहमााथि सहमति गरेर बाटो बनाइयो । उनले घरमा ठाँउ छैन यहाँबाट बाटो नलैजान भने । उनलाई स्थानीय जनप्रतिनिधिहरुले कुनै क्षति हुन निदने भन्दै दबाब दिएर बाटो बनाए । तर अहिले उनको घर बग्ने अवस्थामा पुगेको छ ।
एक महिना अघि खनिएको बाटोमा पर्खाल लगाउने तथा पहिरो जान नदिन उपाय अपनाइने सहमति भएको थियो । सहमति अनुसार पौषको १० गते भित्र पर्खाल लगाइसक्नुपर्ने थियो । मेलौलीका मेयर कृष्णसिंह नायक र वडाध्यक्ष परमानन्द भट्टले दबाब दिएर भट्टको घर मुनि डोजर लगाएका हुन् ।
बुधबार राति १२ बजे हिउसँगै परेको पानीले भट्ट बस्ने घरको आधा आगन बगेको छ । घर मुनि डोजर चलाइएपछि कमजोर बनेको माटो पानीसँगै बग्न थालेको हो । पिडित भट्टले भने,'अहिले मयरलाई फोन गर्दा वडाध्यक्षसँग कुरा गर्छु भन्नुहुन्छ । यसरी कुरा टारेको धेरै भइ सक्यो। '
बुधबार रातीबाट भट्ट परिवार घरमा सुत्न सकेको छैन । ७ जना परिवार रहेको भट्ट परिवार कहाँ जाने त्यसको पनि सोच्न सकेको छैन । बैतडीमा बिहिबार पनि हिमपात भइरहेको छ । 'घर पहिरोले लगि सक्यो राती सुत्न सक्ने अवस्था छैन, भट्ट भन्छन्, 'मेरो परिवारको सुरक्षा हुनुपर्यो ।'
यता मेयर नायकलाई फोन गर्दा फोन उठेन ।