arrow

सुतेकै ठाउँमा किशोरीमाथि करणी, कृष्ण पक्राउ 

logo
जितेन्द्र भण्डारी, 
प्रकाशित २०७६ पुष २५ शुक्रबार

पाँचथर । पाँचथरको मिक्लाजुङ गाउँपालिकामा एक किशोरी बलात्कृत भएकी छिन् । करणीमा संलग्न भएको भन्दै मिक्लाजुङ गाउँपालिका वडा नम्बर ४ का स्थानिय ५७ वर्षिय कृष्णबहादुर गहतराज पक्राउ परेका हुन् ।

गत पौष १९ गते ओछ्यानमा सुतिरहेका बेला घरमै गएर झ्याल बाट छिरेर बलात्कार गरेको पिडित ती किशोरीले बताएकी छिन् । ती किशोरीले भनिन्,“भाइहरुसँग सुतेकी थिएँ, झ्यालबाट छिरेर ती गहतराजले आफूलाई मुख र हात समातेर बलात्कार गरेको पिडित किशोरीको भनाई छ ।

गहतराज लाई पौष २१ गते पक्राउ गरी यौन दुब्र्यवहारमा मुद्धा दर्ता गरी अदालतबाट म्याद थपिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक सिद्धराज न्यौपानेले बताए ।

उनको अहिले जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको छ । विपन्न वर्गकी ती किशोरीलाई विभिन्न प्रलोभनमा पारेर मुद्धा मिलाउन आफूलाई दवाव दिइरहेको बताएकी छिन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ