arrow

पुराना जुत्ता र चप्पल हालेर बनाइएको जाँड बरामद

logo
प्रकाशित २०७६ पुष २५ शुक्रबार
raksi.jpeg

बागलुङ । जिल्ला प्रहरी कार्यालयले अवैध घरेलु मदिरा बनाउन प्रयोग हुने दुई हजार ५०० लिटर जाँड बरामद गरी नष्ट गरेको छ ।

बिहीबार साँझ बागलुङ नगरपालिका–३ मुलपानीस्थित रेशमबहादुर जिसीको घरमा फेला परेको जाँड जनप्रतिनिधि, आमा समूहका पदाधिकारीलगायतको रोहबरमा खाडलमा पुरी नष्ट गरिएको जनाइएको छ ।

जाँडमा पुराना चप्पल, जुत्ता र खुर्सानीसमेत मिसावट गरिएको पाइएको प्रहरी नायब उपरीक्षक झविन्द्रप्रसाद भट्टराईले बताए।

 उनले घरेलु मदिरा उत्पादक र प्रयोगकर्तालाई सचेत हुन आग्रह गरे। स्थानीय ‘योङ ओमन लिडर महिला समूह’को सक्रियतामा प्रहरीले मदिरा बनाउन प्रयोग हुने जाँड बरामद गरेको हो ।

‘समुदाय–प्रहरी’ साझेदारी कार्यक्रम शुरु भएपछि सामाजिक विकृति न्यूनीकरणमा सहजता थपिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ