arrow

लाइन्स क्लवद्धारा अस्पताललाई १४ लाखको सामग्री हस्तान्तरण

logo
गोपाल पोखरेल,
प्रकाशित २०७६ पुष २५ शुक्रबार
lince_cloub_ght.jpg

उदयपुर । लाइन्स क्लव अफ गाईघाट सिटिले नबजात शिशुको उपचारमा प्रयोग हुने १४ लाख रुपैयाँ बराबरका सामग्री जिल्ला अस्पताल उदयपुरलाई हस्तान्तरण गरेको छ । क्लवले त्रियुगा नगरपालिका १३ को दनुवार बस्तीका ७० परिवारलाई न्यानो कपडा समेत वितरण गरेको छ ।

 चिसो मौसममा जन्मिने नबजात शिशुको सुरक्षाका लागि अस्पतालमा सामान अभाव भएपछि क्लवले उनीहरुका लागि उपयोगी हुने मेडिकल डिभाइसहरु उदयपुर जिल्ला अस्पतालमा हस्तान्तरण गरेको गाईघाट सिटिका प्रेसिडेन्ट सन्जिवकुमार केसीले जानकारी दिए ।

 क्लवले उपलब्ध गराएका सामग्री १४ लाख रुपैयाँ बराबरका रहेको अस्पतालले जनाएको छ । सामग्री प्राप्त भएपछि नबजात शिशुको उपचारमा सहज हुने अस्पतालका डा जिवनारायण मण्डलले बताए ।

 डा मन्डलका अनुसार क्लवले बेबी वार्मर, फोटो थेरापी, सक्सन, एम्बुव्याग, युपिएस मेसिन हेन्ड सेनिटाइजरलगाएतका सामग्री उपलब्ध गराएको छ । यसैगरी क्लवले त्रियुगा नगरपालिका १३ स्थित दनुवार बस्तीमा रहेका बृद्धबृद्धालाई ७० जोर कम्बल र ७० जोर टोपी वितरण गरेको क्लवका प्रोभिन्स प्रेसिडेन्ट शिवकुमार कटुवालले जानकारी दिए । यस अघि पनि क्लवले सामाजिक क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ