- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । यदि कुनै व्यक्ति बिरामी भएर अस्पताल पुग्दा उसलाई डाक्टरले मदिरा खुवायो भन्ने मानिसहरुले के भन्लान् ? यद्यपि एक डाक्टरले भने बिरामीलाई मदिरा खुवाएर नै उपचार गरेका छन् । मदिरा खुवाउनुको उद्देश्य भने बिरामीलाई बचाउनु नै थियो ।
भियतनामका एक व्यक्ति अल्कोहल पोइजिनिङको कारण अस्पताल पुगेका थिए । ४८ वर्षीय यी व्यक्तिको अवस्था देखेर डाक्टरले तत्कालै १५ क्यान वियर चढाएका थिए । गुयेन वैन नाम गरेका यी व्यक्तिको रगतमा मिथानोलको मात्रा सामान्यभन्दा १११९ प्रतिशतभन्दा बढी थियो ।
दाबी गरिएअनुसार उनलाई बचाउनु असम्भव थियो। डक्टरका अनुसार कुनै व्यक्तिले मदिरा पिउँछ भने सेवन रोकिएपछि पनि रक्तकोशिकासम्म मदिरा पुगिरहेको हुन्छ। अचेत अवस्थामा पनि शरीरमा यसको मात्रा बढ्दो क्रममा हुन्छ ।
अल्कोहल दुई रुपमा आउँछ – इथानोल र मिथानोल । मानिसको कलेजोले पहिला इथानोललाई टुक्र्याउँछ। जसको कारण डाक्टरले पेटमा वियर भर्ने निर्णय गरेका थिए । मिर्गौलाले करिब एक घण्टाजस्तो काम गर्न बन्द गरेको थियो ।
डाक्टरले १५ क्यान वियर पम्प गरेपछि भने कलेजोले सामान्यरुपमा काम गर्न सुरु गरेको थियो । बिरामीको कलेजो सफा गर्नको लागि वियरको प्रयोग गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।