arrow

जनताले चाहे ब्यबस्था परिबर्तन हुन्छ: कमल थापा

logo
प्रकाशित २०७६ पुष २५ शुक्रबार
kamal4.jpg

भक्तपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले जनताले चाहेमा अहिलेको ब्यबस्था परिबर्तन हुन सक्ने बताएका छन् । शुक्रबार पार्टीको भक्तपुर जिल्ला समितीद्वारा आयोजित अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै थापाले संविधानले दिएको अधिकारको प्रयोग गर्दै जनताको साथ र बलमा पार्टीको एजेन्डा स्थापित गर्ने बाटोमा कृयाशिल हुन कार्यकर्तालाई आग्रह गरे ।

गएको उपनिर्बाचनमा उल्लेख्य मत प्राप्त नभएता पनि राप्रपाले अबलम्बन गरेको बिचारको सन्देश जनताको घर दैलोमा पुगेको भन्दै थापाले पार्टी कठिन र लामो यात्रामा अघि बढेको बताए । राप्रपाले हिड्न खोजेको बाटो सजिलो नभएको चर्चा गर्दै थापाले यो मार्गलाई सम्भब बनाएरै छाड्ने दृढता ब्यक्त गरे ।

हरेस नखाइ,निरास र बिचचित नभई उच्च मनोबल राखेर कार्यकर्तालाई संगठन सुदृढीकरण अभियानमा सकृय हुन आग्रह गर्दै थापाले भ्रमको जालोलाई तोड्न आबश्यक रहेको बताए । संविधान निर्माणका समयमा राजसंस्था र हिन्दुराष्ट्र लेखाउन नसकेता पनि ती कुराहरु ल्याउने बाटो र अधिकारको सुनिश्चितता भने राप्रपाले गर्दा सम्भब भएको दाबी गरे ।

संबैधानिक ब्यबस्था बाटै जनताको मन जितेर एजेन्डा स्थापित गर्ने अबस्थाको सदुपयोग गर्न संगठन र जनता केन्द्रित हुनुपर्नेमा उहाँको जोड थियो । बिगतका त्रुटि र कमजोरीबाट पाठ सिकेर "इख" लिदै अघि बढनुको बिकल्प नभएको भन्दै थापाले सैद्धान्तिक र बैचारिक रुपमा काङ्ग्रेस कम्युनिस्टको बिकल्प राप्रपा मात्रै बन्न सक्ने दाबी गरे ।

बेरोजगारी, भ्रष्टाचार र हिन्दुत्वको अभियान बोकेर पार्टी आगामि दिनमा संगठन निर्माण , जनसंघर्ष र जनपरिचालन अभियानमा होमिने समेत उनले बताए । कार्यक्रममा राप्रपा उपाध्यक्ष टंक ढकाल, सहायक महामन्त्री राजाराम बर्तौला, केन्द्रिय सदस्यद्वय यबती कार्की, नरगोबिन्द शंखदेब, जिल्ला अध्यक्ष माधन खत्री , श्याम नेपाल लगायतको उपस्थिति थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ