arrow

छनोट खेल बराबरी : ब्राजिल सुरक्षित, अर्जेन्टिना संकटमा

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1509670583.jpeg

एजेन्सी । विश्वकप फुटबल छनोट अन्तर्गत ब्राजिल र अर्जेन्टिनाबीचको खेल १–१ को बराबरीमा सकिएको छ । यो बराबरीले ब्राजिललाई फाइदा पुगेपनि विश्व फुटबलको अर्को महारथी अर्जेन्टिनालाई घाटा लागेको छ ।

शनिबार बिहान भएको खेलमा पहिलो हाफ अघि अर्जेन्टिनाका इजेकुइल लाभेज्जीले गोल गरे । दोस्रो हाफ पछि ब्राजिलका लुकास लिमाले गोल फर्काए । त्यसपछि दुवै टोलीबाट गोल हुन सकेन । ८८औं मिनेटमा ब्राजिलका डेभिड लुइज दोहोरो पहंलोकार्ड खाँदै मैदानबाट बाहिरिएपछि ब्राजिल १० जनामा सीमित भयो ।

बराबरीसंगै छनोट तालिकामा ब्राजिल शीर्ष चार भित्र सुरक्षित छ । अर्जेन्टिना भने पुछारबाट दोस्रो स्थानमा छ  । ब्राजिलको ४ अंक छ भने अर्जेन्टिनाको २ अंक छ । अपराजित इक्वेडर ९ अंक सहित शीर्ष स्थानमा रहँदा चीली ७ अंक बटुल्दै दोस्रो स्थानमा छ ।

यस्तै ६ अंकको उरुग्वे तेस्रो स्थानमा छ । शुक्रबार बिहानका लागि तय भएको खेल बर्षाले स्थगित भएको थियो । सन् २०१८ मा रसियामा हुने विश्वकप फुटबलका लागि दक्षिण अमेरिकी छनोटको तेस्रो चरण अन्तर्गत यी दुईबीत भिडन्त भएको हो । विश्व फुटबलका दुई महारथीबीतको खेल निकै महत्वका साथ हेरिएको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ