arrow

खमानेइलाई ‘लायर’ भन्दै सयौं इरानी सडकमा  

logo
प्रकाशित २०७६ पुष २७ आइतबार

काठमाडौं । इरानले युक्रेनको विमान खसाएर १७६ जनाको ज्यान लिएपछि त्यहाँका सर्वोच्च नेता आयातुल्ला अली खमानेइविरुद्ध चर्को नाराबाजी भएको छ । 

इरानले आफ्नो कमजोरीका कारण युक्रेनको विमान दुर्घटना भएको बताए लगत्तै प्रदर्शन भएको हो । हजारौं प्रदर्शनकारी सडकमा उत्रिएर विमान दुर्घटना प्रकरणमा झुट बोलेको भन्दै खमानेइलाई ‘लायर’ (झुठा) व्यक्तिको उपमा दिएका छन् । 

दुईवटा विश्वविद्यालयअघि भेला भएर प्रदर्शनमा उत्रिएकाहरुलाई प्रहरीले बल प्रयोग गरेर तितरबितर पारेको थियो । इरानले गत बुधबार युक्रेनको बोइङ आफ्नै कमजोरीले दुर्घटनामा परेको स्वीकार गरेको थियो । 

इरानको विशेष सुरक्षा बल ‘स्लामिक रिभोलुसनरी गार्ड् कप्र्स (आइआरजीसी)’ का एक उच्च कमाण्डरले तेहरान नजिकै गत बुधबार यूक्रेनी विमानमा ‘भूलबस’ छोटो दुरीको हतियार प्रयोग गरी खसालेको स्वीकारेका थिए । उनले शनिबार दुर्घटनाको जिम्मेवारी लिन आफू तयार रहेको बताएका थिए ।

विमानमा चालकदलका नौ सदस्यसहित १७६ जना यात्रुको मृत्यु भएको थियो। उक्त विमानमा ८२ इरानी, ६३ क्यानेडाली, ११ यूक्रेनी, १० स्वीडेनी, चार अफगानी र तीन तीन जना जर्मन तथा बेलायती रहेका थिए।

आइआरजीसीका ब्रिगेडियर जनरल अमिर अलि हाजिजादेहलाई उद्धृत गर्दै अरबी समाचार संस्था अलजजीराले लेखेको छ, “मैले दुर्घटनाको पूर्ण जिम्मेवारी लिन्छु र जुन निर्णय लिइन्छ त्यसको पालना गर्नेछु। मैले त्यस प्रकारको घटना देख्नुभन्दा मर्नु वेस लाग्यो।” 

सुरूमा विमान दुर्घटना इरानले हानेको क्षेप्यास्त्रका कारण भएको भन्ने पश्चिमी मुलुकहरू संयुक्त राज्य अमेरिका, क्यानाडा र बेलायतको दावीलाई अस्वीकार गरेपनि शनिबार विमानलाई ‘नचाहँदा नचाहँदै’ लागेको र दुर्घटनाग्रस्त भएको इरानले स्वीकार गरेको छ।

आकाशमा रहेको विमान ‘क्रुज मिसाइल’ जस्तो लागेपछि ‘गल्तिबस’ छोटो दुरीको (जमिनबाट आकाशमा हान्ने) मिसाइलले त्यसलाई खसालेको हाजिजादेहले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ