arrow

लेबनानमा नयाँ प्रधानमन्त्री विरुद्ध हजारौँको प्रदर्शन

logo
सिन्ह्वा,
प्रकाशित २०७६ पुष २७ आइतबार
lebanon-protester.jpg

बेरुत। लेबनानका नयाँ प्रधानमन्त्री हसन दियबविरुद्ध शनिबार हजारौँले सडकमा प्रदर्शन गरेका छन्। राजधानी बेरुतमा रहेको प्रधानमन्त्री दियबकै घरनजिकै पुगेर प्रदर्शनकारीहरुले प्रदर्शन गरेको जनाइएको छ। प्रधानमन्त्रीमा दियब नियुक्त भएकोमा उनीहरुले असहमति जनाएका छन्। भ्रष्ट राजनीतिक पार्टीहरुको सहयोगमा उनी प्रधानमन्त्री भएकाले उनलाई अस्विकार गरिएको उनीहरुको भनाई छ। अहिलेको सरकारले पनि देशको आर्थिक चुनौतीहरुलाई सामना गर्न नसक्ने भएकाले विरोध गर्नु परेको आन्दोलनकारीले बताएका छन्।

आन्दोलनकारीहरुको मागलाई सरकारले बेवास्ता गरिरहेको एक आन्दोलनकारीको आरोप थियो। प्रदर्शनकारीहरुले देशव्यापी आन्दोलनको तयारी भइरहेको जानकारी दिएका छन्। उनीहरुले स्वतन्त्र व्यक्तिहरुको सहभागीता सहिन सरकारको पुनर्गठन गर्न माग गरेका छन्। देशलाई आर्थिक संकटबाट बाहिर निकाल्न उनीहरु सक्षम रहने आन्दोलनकारीहरुको दाबी रहेको छ। तर नयाँ प्रधानमन्त्री दियब भने सरकार पुनर्गठनका लागि असफल हुदै आउनु भएको छ। उनलाई सघाएका विभिन्न दलहरुको दवावका कारण उनले सरकार पुनर्गठन गर्न नसक्नु भएको हो।

लेबनान अहिले आर्थिक कारणले खतरापूर्ण अवस्थामा रहेको छ। असफल राजनीतिक नेताहरुका कारण मुलुक यो अवस्थामा पुगेको आन्दोलनकारीको भनाई छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ