arrow

सबैभन्दा सुन्दर १० साना मुलुक

logo
प्रकाशित २०७६ पुष २७ आइतबार
tianzi-mountains-china-the-most-beautiful-place-in-the-world1.jpeg

काठमाडौं । विश्वमा धेरै यस्ता मुलुकहरु पनि छन् जो साना तथा सुन्दर छन् । क्षेत्रफलका आधारमा निकै कम रहेका यी मुलुकहरु पर्यटकका लागि भने आकर्षक गन्तव्यका केन्द्र हुन् । करीब  ८ सय वर्ग किलोमिटरजति क्षेत्रफल रहेका यी मुलुक नेपालको राजधानीको क्षेत्रफल भन्दा कम छन्।

१. भ्याटिकन सिटी
भ्याटिकन सिटी यूरोप महादेश अस्थित एक देश हो।  यो संसारको सबैभन्दा सानो देश हो । यसको क्षेत्रफल ४४ हेक्टर र जनसंख्या १ हजार रहेको छ ।  यसको राष्ट्रिय भाषा ल्याटिन हो । ईसाई धर्मको प्रमुख साम्प्रदाय रोमन कैथोलोक चर्चको यही केन्द्र हो, र यस साम्प्रदायको सर्वोच्च धर्मगुरू पोपको निवास यही छ । पर्यटक वा अवलोकनकर्तालाई भ्याटिकन सिटी भित्र बिना कुनै विशेष अनुमति, गाडी चलाउन रोक छ ।

२. मोनाको
मोनाको यूरोपको एक टापु हो । यसको क्षेत्रफल २ वर्ग किलोमिटर रहेको छ । मोनाको फ्रान्सको भूमध्यसागरीय तटमा एक सानो स्वतन्त्र शहर राज्य हो । जो बन्दरगाह र प्रसिद्ध ग्रेड प्रिक्स मोटर रेसिङको लागि चर्चीत छ । मोन्टे-कार्लो यसको प्रमुख जिल्ला हो । मोनाकोमा धेरै लक्जरी होटल, बुटीक, नाइट क्लब र रेस्टुरेन्ट पनि छन्। यहाँको जनसंख्या ३८ हजार ६ सय ९५ रहेको छ ।

३. नाउरु
नाउरु मेक्रोनेशियाई दक्षिण प्रशान्त महासागरमा अवस्थित एक टापु राष्ट्र हो । यसको नजिकको बनावा टापु जुन किरिबाती गणराज्यको भाग हो यसभन्दा करिब ३०० किमि पूर्वमा रहेको छ । नाउरु संसारकै सबैभन्दा सानो टापु राष्ट्र मध्ये एक हो । यसको क्षेत्रफल २०.९८ वर्गकिलोमिटर (८.८ वर्ग मील) रहेको छ । यहाँको जनसंख्या १३ हजार ६ सय ४९ रहेको छ । यो विश्वको सबैभन्दा सानो स्वतन्त्र गणराज्य र विश्वकै एक मात्र यस्तो गणतान्त्रिक राष्ट्र हो जसको कुनै राजधानी छैन ।

४. तुभालु
सानो देश तुभालुको क्षेत्रफल २६ वर्ग किलोमिटर रहेको छ । सन् १९७८ मा बेलायतबाट स्वतन्त्र भएको तुभालु तिनवटा टापु मिलेर बनेको छ । अमेरिकाको हवाई र अस्ट्रेलियाको बीचमा रहेको यो देशको कुल जनसंख्या ११ हजार १ सय ९२ छ ।

५. सान म्यारिनो
मारिनोको क्षेत्रफल ६१ वर्ग किलोमिटर रहेको छ । यो देशको खोज सन् ३०१ । इटालीको बीचमा रहेको यो देश विश्वको सबैभन्दा प्राचीन देश मध्येको एक हो । यहाँको कुल जनसंख्या ३३ हजार ४ सय रहेको छ ।

६. लीक्टिन्स्टाइन
लीक्टिन्स्टाइन एक सानो देश मध्य यूरोपमा राइनको किनारामा स्थित छ । यहाँको आधिकारिक भाषा जर्मनी हो । लीक्टिन्स्टाइन १६० वर्ग किलोमिटर रहेको छ । यहाँको कुल जनसंख्या ३७ हजार ८ सय १० रहेको छ ।  

७. सेन किट्स एण्ड निभिस

सेन किट्स एण्ड निभिस वेस्टइन्डीजको एक टापु हो जसलाई औपचारिक रूपमा सेन्ट क्रिस्टोफर आइल्याण्डको रूपमा चिनिन्छ । यस टापुको पश्चिमी  भाग क्यारिबियन समुद्र सीमाना  पर्छ भने पूर्वी तट अटलांटिक महासागरमा पर्छ । यसको क्षैत्रफल  २६१ वर्ग किलोमिटर रहेको छ । यहाँको कुल जनसंख्या ५५ हजार ३ सय ४५ रहेको छ ।  

८. माल्दिभ्स
माल्दिभ्स हिन्द महासागरमा दुई हजार टापु भएको जलवेष्टित टापु राष्ट्र हो । देशभर टापु भएर पनि जम्मा २०० टापुमा बसोवास भएको यसको क्षेत्रफल २ सय ९८ वर्ग किलोमिटर छ । प्रशासकीय रूपमा जम्मा १९ जिल्ला भएको यसको राजधानी माले हो । - यहाँको कुल जनसंख्या ४ लाख ३६ हजार ३ सय ३० रहेको छ ।  

९. माल्टा

यूरोपमा स्थित एक विकसित देश हो। येसको राजधानी वलेत्ता हो। यो देशको मुख्य र रास्ट्रीय भाषा माल्टाई भाषा र अङ्ग्रेजी भाषा हो।  यसको क्षैत्रफल  ३२६ वर्ग किलोमिटर रहेको छ । सन् २०११ को आधारमा यहाँको कुल जनसंख्या ४ लाख ६० हजार २ सय ९७ रहेको छ ।

१०. ग्रेनाडा
ग्रेनाडा दक्षिण पूर्वी क्यारेवियन सागरमा ग्रेनेडियन्सकव दक्षिणी भागमा स्थित एक सम्प्रभु टापु देश हो, जुन ग्रेनाडा टापु र ६ साना दिप मिलेर बनेको छ । ३४४ वर्ग किलोमिटरमा फेलिएको यो देशको जनसंख्या १० लाख ७ हजार ८ सय ८५  रहेको छ । यसको राजधानी सेन्ट जर्ज हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ