arrow

धनकुटामा कांग्रेसको पालिका सम्मेलन

logo
प्रकाशित २०७६ पुष २७ आइतबार
dhankuta-nagar.jpg

धनकुटा। धनकुटा जिल्लाको पाख्रिवास नगरपालिकामामा एक घर एक क्रियाशिल सदस्यत बनाउने निर्णय गर्दै नेपाली कांग्रेसको पाख्रिवास नगर सम्मेलन आज सम्पन्न भएको छ। पाख्रिवास नगरपालिका भित्र एक घर एक क्रियाशिल सदस्य कम्तिमा बनाउने अभियान संचालन गर्दै संगठनलाई शसक्त र सुदृढीकरण गर्ने निर्णय गर्दै पाख्रिवास नगर सम्मेलन सम्पन्न भएको हो।

नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव तथा नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष विजय सन्तोषी राईले पाख्रिवास नगर सम्मेलनको उद्घाटन गर्दै पाख्रिवास नगरको विकास र समृद्धी अव कांग्रेसले गर्ने बताए। राजनैतिक कान्ति पुरा गरेको कांग्रेसले अव आर्थिक कान्तिको पनि नेतृत्व गर्दै सम्पन्न गर्ने उनले बताए।

नेपाली कांग्रेस पाख्रिवास नगर कार्य समितिका सभापति कोपिन मानन्धरको अध्यक्षतमा सम्पन्न भएको नगर अधिवेशनमा जिल्ला सदस्यहरु ज्ञानु गुरुङ्ग, जयन्द्र घिसिङ्ग, नेपाल शिक्षक संघ धनकुटकामा पूर्व अध्यक्ष विश्वनाथ दाहाल, नेपाली कांग्रेसका क्षेत्रिय सचिव हरी वहादुर राई, नेपाल महिला संघ धनकुटका उपाध्यक्ष अम्विका धमला, नेपाल तरुण दल धनकुटका उपाध्यक्ष यूवराज पराजुलीले नेपाली कांग्रेसलाई अव पाख्रिवासमा नया ढंगबाट संगठन विस्तार र सुदृढीकरण गर्दै सक्रिय र सशक्त बनाउने बताए।

सम्मेलनमा स्वागत मन्तव्य नेपाली कांग्रेस पाख्रिवास नगर कार्य समितिका उपसभापति प्रेम भण्डारीले गरेका थिए भने कार्यक्रमको संचालन सचिव चन्द्र बस्नेतले गरेका थिए।

पाख्रिवास नगर सम्मेलनमा पाख्रिवासका १० वटै वडाहरुका सभापतिहरुले वडाको संगठनको स्थिति र नया क्रियाशिल सदस्यता वितरण सम्वन्धि आ-आफ्नो धारणा राख्दै क्रियाशिल सदस्यता वितवरणमा व्यापकता ल्याउनु पर्नेमा जोड दिए।

सोही समारोहमा नेकपा लगायत विभिन्न पार्टी परित्यान गरी नेपाली कांग्रेसमा प्रवेश गर्ने राजेन्द्र महरा लगायत एक जर्दन भन्दा बढीलाई जिल्ला पार्टी सचिव विजय सन्तोषी राई, जिल्ला सदस्यहरु ज्ञानु गुरुङ्ग, जयन्द्र घिसिङ्ग, नेपाल शिक्षक संघ धनकुटकामा पूर्व अध्यक्ष विश्वनाथ दाहाल, नेपाली कांग्रेसका क्षेत्रिय सचिव हरी वहादुर राई, सदस्यहरु ज्योती गुरुङ्ग, गंगा गुरुङ्ग, नगर सभापति कोपिन मानन्धर, सहसभापति कृष्ण कटेल, उपभापति प्रेम भण्डारी, सचिव चन्द्र बस्नेत,वडा सभापतिहरु श्याम प्रकाश राई, नेपाल महिला संघ धनकुटका उपाध्यक्ष अम्विका धमला, नेपाल तरुण दल धनकुटका उपाध्यक्ष यूवराज पराजुलीलगायतले फुल माला अविर लगाई दिई स्वागत गर्दै नेपाली कांग्रेसको सदस्यता प्रदान गरेका थिए।

यस अघि पनि विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा २ सय २७ जना नेपाली कांग्रेसमा प्रवेश गरी सकेको नेपाली कांग्रेसका जिल्ला सदस्य ज्ञान वहादुर गुरुङ्गले बताए।

यसैगरी धनकुटा जिल्लाको महालक्ष्मी नगरपालिकामा नेपाली कांग्रेस महालक्ष्मी नगर सम्मेलनमा जिल्ला सभापति अग्नी प्रसाद पौडेले नेपाली कांग्रेसले अव नयाँ ढंगबाट संगठन विस्तार गर्ने बताए। नेपाली कांग्रेस महालक्ष्मी नगर सभापति ध्रवराज रायको सभापतित्मवमा सम्पन्न भएको नगर सम्मेलनको संचालन सचिव  शिव विकले गर्नु भएको थियो।

कार्यक्रममा जिल्ला सदस्यहरु खेम पौडेल,राजेन्द्र पौडेल,राजेन्द्र खड्का,पूर्व जिल्ला सदस्य गजेन्द्र पौडेल लगायतले सुझाव दिनु भएको सचिव परिवर्तनराज पौडेलले बताए।

यसैगरी नेपाली कांग्रेस धनकुटा नगर सभापपित रोशन श्रेष्ठको अध्यक्षतमा नगर सम्पन्न सम्पन्न भयो। उक्त नगर सम्मेलनमा महासमिति सदस्य आनन्द सन्तोषी राई लगायतले सवैको सहयोगबाट मात्र मुलुकको विकास हुने वताउर्दै कांग्रेसले शान्ति र विकासको नेतृत्व गर्ने बताए। जिल्ला सदस्य गोविन्द्र वाग्ले, धनकुटा नगरपालिका विभिन्न वडाहरुका वडा सभापतिहरुले आ आफ्नो धारणा राखेका थिए। यसैगी धनकुटाको चौविसेममा नेपाली कांग्रेस चौविसे गाउपालिका सम्मेलन आज सम्पन्न भयो।

उक्त सम्मेलनमा नेपाली कांग्रेस धनकुटका कोषाध्यक्ष दिनेश राई,नेपाल शिक्षक संघ १ नम्वर प्रदेशका उपाध्यक्ष गंगाराम ढुंगाना, महासमिति सदस्यहरु दुर्गा सुवेदी, ललित चम्जोग, जिल्ला सदस्यहरु दवेन्द्र श्रेष्ठ, चन्द्र श्रेष्ठ, वखत भट्राई, पूर्व जिल्ला सदस्य पदम याम्फु, नेपाल शिक्षक संघ धनकुटा अर्थ सचिव रोहणी पाण्डे लगायतले अव कांग्रेसले धनकुटको चौविसे क्षेत्रमा संगठनलाई विस्तार र सुदृढीकरण गरी चौविसे क्षेत्रको विकासमा क्रियाशिल हुने बताए। पालिका सम्मेलन नेपाली कांग्रेस चौविसे गाउपालिाका सहसभापति मेघ वहादुर थापाको अध्यक्षतमा सम्पन्न भएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ