arrow

कोषाध्यक्षलाई विनासर्त रिहाई गर्न तरुणदल बागलुङको माग

logo
प्रकाशित २०७६ पुष २७ आइतबार
Tarundal-baglung-gharti.jpg

बागलुङ। नेपाल तरुणदल बागलुङका कोषाध्यक्ष देवेन्द्र कुमार घर्तिलाई विना सर्त रिहाई गर्नका लागि नेपाल तरुणदल जिल्ला कार्यसमितिले माग गरेको छ। तरुणदलका जिल्ला अध्यक्ष उमाकान्त शर्मा (बाबु) ले एक प्रेस विज्ञप्ती जारी गरी जिल्ला कोषाध्यक्ष घर्ति आफ्नो कामको शिलशिलामा काठमाडौं गएको बेला पौष २३ गते विनाकारण प्रहरीले अपमान ढंगले पक्राउ गरेकोमा मानवअधिकार विरोधी घट्ना भएको भन्दै गम्भिर ध्यानाकर्षण गराएका छन।

विज्ञप्तीमा घटनाको विरोध गर्दै उनलाई विना सर्त रिहाईको माग गरिएको छ। नेपाली नागरिकको शान्तिपुर्ण रुपमा आफ्नो संवैधानिक अधिकार उपभोग गर्न पाउने वातावरणको संरक्षण गर्नुपर्नेमा सरकारले घर्तिलाई विनाकारण झुटो मुद्धामा फसाउने दुरासय राखी पक्राउ गर्न निन्दनिय र आपतिजनक भएको तरुणदल बागलुङले जनाएको छ।

लोकतान्त्रिक विचार बोकेकै आधारमा बर्तमान कम्युनिष्ट सरकारले तरुणदलका नेता एवं कार्यकर्ता साथिहरुलाई प्रहरी प्रशासन लगायर झुठा मुद्धामा फसाउने र यातना एवं दुःख दिने दुश्कर्मप्रति तरुणदलले घोर निन्दा र भर्सना गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ।

विज्ञप्तीमा जनताको अधिकारको रक्षागर्र्न दायित्व बोकेको सरकार र प्रहरी प्रशासन आफै जनतालाई आतंकित पार्न कुकर्ममा लागिरेको आरोप लगाईइएको छ। यदी घर्तिलाई विनासर्त रिहाई नगरेमा तरुणदलले आफ्नो अधिकारको रक्षाको लागि जस्तोसुकै कदम चाल्न पनि बाध्य हुने समेत उल्लेख गरिएको छ। कोषाध्यक्ष घर्तीलाई विना सर्त तत्काल रिहा गर्न नेपाल तरुणदल जिल्ला कार्यसमितिले वर्तमान सरकारसँग जोडदार माग गरेको छ।

यदी घर्तिप्रति दुर्नियत राखिएमा त्यसको विरुद्धमा तरुदल आन्दोलनमा जान बाध्य हुने र त्यसपछि उत्पन्न परिस्थितिको जिम्मेवार सरकार आफै हुनुपर्ने तरुण दलले चेतावनी दिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ