arrow

बुद्धभूमिद्धारा शिक्षा पास 

logo
मणिप्रसाद गैेह्रे,
प्रकाशित २०७६ पुष २७ आइतबार

कपिलवस्तु । बुद्धभूमि नगरपालिकाले आइतबार छैटौं नगर सभा गरेको छ । गोरुसिंगेमा सम्पन्न भएको नगर सभामा बुद्धभूमि नगरपालिकाको शिक्षा ऐन २०७६ सर्वसम्मत ढंगले पारित भएको छ ।

विधेयक समितिका संयोजक पवन कुमार थारुले उक्त ऐन पेश गरेका थिए । संविधानले माध्यमिक शिक्षा सञ्चालन गर्ने अधिकार स्थानीय तहलाई दिएको छ ।

सोही कानुनी अधिकारलाई टेकेर नगरपालिकाले शिक्षा ऐन बनाएको हो । केन्द्रिय शिक्षा ऐन र नेपालको संविधानसंग नबाझिने गरी नयाँ शिक्षा ऐन बनाएर पारित गरेको नगर प्रमुख केशव कुमार श्रेष्ठले जानकारी दिए । 

प्रस्तुत ऐनमाथि विभिन्न वडाध्यक्षले आ–आफ्नो धारणा राखेका थिए । वडा नं। ३ का वडाध्यक्ष गोविन्द्र आचार्य, वडा नं ९ का वडाध्यक्ष खिमानन्द न्यौपानले शिक्षा ऐन केन्द्रिय कानुनसंग बाझिन नहुने धारणा राखेका थिए । यो अवसरमा नगर प्रमुख श्रेष्ठले सविधान संग बाmिएमा सवै एन तथा कार्यविधि स्वतह खारेज हुने कुरा उल्लेख गरेको हुंदा कुनै समस्या नरहेको बताए । 

वडाध्यक्षको जिज्ञासालाई सम्बोधन गर्दै नगर प्रमुख श्रेष्ठले शिक्षा ऐन अनिवार्य बनाउनुपर्ने भएकोले सबैको राय, सुझाव र सल्लाह बमोजिम ल्याएको प्रष्ट पारेका थिए । 

केन्द्रिय कानुनसंग बाझिने गरी ऐन नआएको भन्दै उनले ऐनमाथि केही थपघट गर्नुपर्ने भए शिक्षा नियामावली बनाएर प्रष्ट पार्ने प्रतिवद्धता जनाए लगत्तै ऐन नगरसभाबाट पारित भएको हो ।

नगरसभामा आर्थिक नियामावलीका केही दफाहरुलाई शंशोधन गरिएको छ भने नगर कार्यपालिकाबाट भएका केही महत्वपूर्ण निर्णयलाई अनुमोदन गरिएको छ ।

प्रत्येक आवमा स्थानीय तहले बर्खे र हिउँदे सभा गर्नुपर्ने कानुनी प्रावधान छ । बर्खेसभामा नयाँ आवको नीति, कार्यक्रम तथा बजेट ल्याउनुपर्ने हुन्छ भने हिउँदे सभामा विशेष गरी ऐन, नियमावली बन्ने गरेका छन् । 

साथै हिउँदे सभामा बर्खे सभाले ल्याएका कार्यक्रम तथा बजेटलाई सामान्य हेरविचार गर्ने चलन छ । दश स्थानीय तह रहेको कपिलवस्तुमा बुद्धभूमि नगरपालिका हिउँदे सभा गर्ने जिल्लाकै पहिलो स्थानीय तह बनेको छ ।  

नगरपालिकाले  विभिन्न स्थानीय सरकारका योजना तथा संघिय सरकारका समपुर योजनामा संसोधन समेत गरेको छ । सभावाट वाकीं बक्यौता तथा वेरुजु फर्चोटको बारेमा समेत जानकारी गराइएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ