arrow

श्रेष्ठ बंश तीनदोबाटे हुलाकको भेला 

logo
प्रकाशित २०७६ पुष २७ आइतबार

बुटवल । स्याङजा जिल्लाको तीनदोबाटे हुलाकमा जन्म भई हाल बिभिन्न स्थानमा छरिएर बसोबास गर्दै आएका तीनदोबाटे हुलाकका श्रेष्ठ कुल बंशको प्रथम भेला शनिबार बुटवलमा सम्पन्न भएको छ ।

कुल बंशका ज्येष्ठ सदस्य नोकप्रसाद श्रेष्ठको अध्यक्षता तथा (नाईनकीनी) मूख्य कर्ता नेत्रलाल श्रेष्ठको बिशेष आतिथ्यतामा सम्पन्न भएको भेलाले बिभिन्न निर्णयहरु समेत पारित गरेको छ ।

भेलाले जिजुबाजेको पालादेखि चल्दै आएको आफ्नो बंशको संस्कार, संस्कृती, चालचलन, रितीथिती, परम्परा र कुलको धार्मिक मान्यतालाई संरक्षण गर्नुपर्नेमा बिशेष जोड दिएको छ ।
 
साथै भेलाले आफ्नो कुल र बंशको धार्मिक मान्यता, संस्कार संस्कृतिको संरक्षण र संम्बृद्र्धन गर्नका लागि अमरबहादुर श्रेष्ठको अध्यक्षतामा तीनदोबाटे हुलाक कुल बंश संरक्षण समिति गठन समेत गरेको छ । 

जसको उपाध्यक्षमा श्यामप्रसाद श्रेष्ठ, सचिवमा भेकप्रसाद श्रेष्ठ, कोषाध्यक्षमा जेशकुमार श्रेष्ठ, सह सचिवमा चन्द्रमान श्रेष्ठ, सहकोषाध्यक्षमा नारायण श्रेष्ठ रहेका छन् । 

यस्तै समितिको युवा संयोजकमा अमरप्रसाद श्रेष्ठ, सहसंयोजकमा दिपक श्रेष्ठ रहेका छन् । सदस्यहरुमा प्रसाद श्रेष्ठ, सुर्य श्रेष्ठ, दुर्गा श्रेष्ठ, किरणकुमार श्रेष्ठ, पर्शुराम श्रेष्ठ, चेतकुमार श्रेष्ठ, राजकुमार  श्रेष्ठ र राजेन्द्र श्रेष्ठ लगायत रहेका छन् ।  

भेलाले बार्षिक भेला गर्ने, कोष निर्माण गर्ने, कुलको धार्मिक मान्यता र संस्कारलाई संरक्षण गर्ने तथा नयां पुस्तालाई  कुलको संस्कार र मान्यतालाई पुस्तान्तरण गर्दै जाने निर्णय समेत गरेको समितिका अध्यक्ष अमरबहादुर श्रेष्ठले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ