arrow

महिला कल्याणकारी बहुउद्देश्यीय सहकारीको साधारणसभा 

logo
कौरव खत्री, 
प्रकाशित २०७६ पुष २८ सोमबार
mahila7.jpg

गुल्मी । महिला कल्याणकारी बहुउद्देश्यीय सहकारी संस्था लि. मुसिकोट नगरपालिका २ मुसिकोटको १५ औ बार्षिक साधारणसभा आइतबार देउरालीमा सम्पन्न भएको छ ।

साधारण सभामा बोल्दै प्रमुख अतिथि महिला कल्याणकारी बहुउद्देश्यीय सहकारी संस्था लि.का संस्थापक अनिशा केसीले महिलाहरु कृषि मार्फत आयआर्जन गरेर अगाडी बढ्न आग्रह गदै अव सरकारीले कृषि र उत्पादनलाई जोड दिएर अगाडी बढ्नु पर्नेमा जोड दिइन् ।

त्यस्तै सोही अवसरमा सञ्चारकर्मी कौरव खत्रीले सहकारीले महिलाहरुलाई आत्मनिर्भर बनाउन व्यवसाय र उत्पादनसँग जोड्न सके मात्र महिलाहरुको जिवनस्तर सुधार हुने बताए ।  

साथै अवसरमा महिला समाजसेवी रुपा केसीले महिलाहरुले सरकारी मार्फत कृषि क्षेत्रमा लाग्नु पर्नेमा जोड दिइन ।त्यस्तै सञ्चालक समितिका सदस्य भिम कुमारी नेपाली लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सोही अवसरमा महिला कल्याणकारी बहुउद्देश्यीय सहकारी संस्था लि. लेखा समिति संयोजक सिता कार्कीले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेक िथिइन भने सहकारी संस्थाकी व्यवस्थापक सावित्रा घिमिरेले आर्थिक बर्ष २०७५–०७६को कुल ४०लाख,६३हजार,३७ रुपैया बरावरको आय व्याय प्रस्तुत गरेकी थिइन् ।

शुरुमा केही शेयर सदस्यहरु मिलेर १० रुपैया बचत गरेर २०६३सालमा बैधानिक रुपमा दर्ता गरि शुरु गरिएको सहकारी संस्थामा हालसम्म ४०लाख,६३हजार,३७ रुपैया संकलन भएको छ भने सरकारी संस्थामा २सय,९३ जना महिला शेयर सदस्य आवद्ध रहेका छन् ।

कार्यक्रम महिला कल्याणकारी बहुउद्देश्यीय सहकारी संस्था लि.मुसिकोट नगरपालिका २ मुसिकोटकी अध्यक्ष तारा कुमारी महतको अध्यक्षता तथा महिला कल्याणकारी बहुउद्देश्यीय सहकारी संस्था लि.का संस्थापक अनिशा केसीको प्रमुख आतिथ्यता एवं महिला कल्याणकारी बहुउद्देश्यीय सहकारी संस्थाकी लेखा समिति सदस्य रेशम केसी रायमाझीको स्वागत मन्तव्यसँगै शुरु भएको कार्यक्रमको सञ्चालन भने महिला कल्याणकारी बहुउद्देश्यीय सहकारी संस्थाकी सचिव शुसिला पोख्रलले गरेकी थिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ