arrow

छाउगोठः भत्काउन प्रहरी सक्रिय, संगसंगै जनचेतना पनि

logo
दयाराम पण्डित, 
प्रकाशित २०७६ पुष २८ सोमबार
chhau-goth.jpg

               
बाजुरा । बाजुराका विभिन्न सथानीय तहमा “छाउपडी कुप्रथा” हटाउन गाउँ गाउँमा सचेतना अभियान सञ्चालन गरिरहेका बेला बडीमालिका नगरपालिका वडा नम्बर ८ रतुडा गाउँमा आइतबार दिउँसो पाँंच ओटा छाउगोठ भत्काइएका छन् । बाजुराको बहुचर्चीत रतुडा देवताको मन्दीर आसपास निर्माण गरिएका सामुहिक छाउागोठ भत्काइएका हुन् । 

बडिमालिका नगरपालिका वडा न ८ का वडा अध्यक्ष प्रकाश रावल र जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी सहायक निरीक्षक दानबहादुर रोकायाको नेतृत्वमा गएको टोलीले उक्त छाउगोठ भत्काएको हो । 

गृह मन्त्रालयको निर्देशन अनुसारः “ महिलाहरु अलगै छाउगोठमा बस्दा बलात्कार, महिला हिंसा, बाल मृत्युदर बढेको र रजश्वला भएकै कारण समाजबाट हेपिनु परेकोले छाउपडी मुक्त नेपाल घोषण गर्ने अभियान अन्तरगत बाजुरामा पनि  छाउगोठहरु भत्काउन अभियान सञ्चालन गरेका छौं ”प्रहरी निरिक्षक दानवहादुर रोकायाले बताए ।  सामुहिक रुपमा निर्माण गरिएका छाउगोठ स्थानीय जनप्रतिनीधिको रोहबरमा सम्झाईबुझाई गरी गोठ भत्काएको र अब घरकै कोठामा राख्ने सहमति स्थानीले गरेको  प्रहरी निरिक्षक रोकायाले बताए । 

रजश्वला भएको  समयमा परिवारका सदस्य संगै बसेर लापर्बाही गरेमा देवी देउता रिसाउने  भएकाले छाउगोठ बस्न बाध्य भएकोले अबदेखि घरमै बस्ने स्थानीयको सहमतिपछि गाउँमा रहेका सबै छाउगोठ भत्काइएको बडीमालिका नगरपालिका वडा न ८ का वडा अध्यक्ष प्रकाश रावलले बताए । 

रतुडाका ५० परिवारले सामुहिकरूपमा बनाएका पाँच ओटा छाउगोठ नेपाल प्रहरी  र स्थानीय तहका जनप्रतिनिधि पत्रकार र स्थानीयको सक्रियतामा भत्काइएको जिल्ला प्रहरी कार्यालय बाजुराले बताएको छ । 

उक्त ठाउँमा रहेका दल बहादुर ऐडी, गोल चदारा प्रकाश ऐडी,लालबहादुर ऐडी र बिन्दा कठायतको  सामुहीक छाउपडी गोठहरू भत्काएको प्रहरी निरिक्षक रोकायाले जानकारी दिए  । छाउगोठ मुक्त बाजुरा वनाउन यतिवेला प्रतयक गाउँमा प्रहरी पठाएर जनप्रतिनीधि तथा स्थानीयलाई सम्झाई  छाउगोठ भत्काइएको वताइएको छ। प्रहरीका अनुरासार हाल सम्म २० बढी छाउगोठ भत्काइएका छन् । 

छाउपडी कुप्रथा विरुद्ध जनचेतना फैलाउन बुढिगंगा नगरपालिकाका नगरप्रमुख दिपकबिक्रम शाहले सेनेटरी प्याड सावुन, स्याम्पू, न्यानो कपडा सहित आवस्यक सुरक्षित सामान बोकेर आफै गाउँ गएर गतसाता जनचेताना फैलाएका थिए ।

त्यसैगरी पहिले मान्छेका मन जित्ने त्यसपछि गोठ भत्काउने अभियान सञ्चालन गर्ने बडिमालिका नगरपालिका की उपप्रमुख कविता विष्टले बताए । 

बडीमालिका नगरपालिका ८ मा धार्मिक स्थलहरु रतुडो बढी चर्चित भएकाले त्यंहाँका महिलाहरुले आजसम्म पनि छाउगोठमा बस्नु पर्ने बाध्यता छ । त्यसैले छाउगोठ भत्काउन नहुने बडिमालिका नगरपालिका ८ रतुडाकी महिला काली ऐडीको तर्क छ । 

यद्यपि देवी देउता मान्नु स्वभाविक भए पनि छाउगोठमा बस्नु गलत प्रथा भएको महसुस  विन्दाले गरिन् । 

रतुडामा जनप्रकाश  आधारभुत बिद्यालय छ । उक्त बिद्यायलयमा पढाउने शिक्षीका छाउ भएको पांच दिनसम्म  बिद्यालय नजाने गरेको स्थानीयले बताए ।

मुलकी आचार संहिता ऐन २०७४ अनुसार सामाजिक भेदभाव गरे तिन महिना कैद र तिनहजारु रुपैंया सम्म जरिवाना गर्ने कानुनी ब्यबस्था छ । “महिनावारी हुनु भनेको नियमित प्रकृया हो , अभिषाप नभई वरदान हो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ