arrow

घरमुलीलाई राजमार्गले तानेपछि रिर्सोट बन्यो नौबिसे पारीको यो घर

logo
प्रकाशित २०७६ पुष २८ सोमबार
Ghar1.jpg

पृथ्वी राजमार्ग हुँदै यात्रा गर्दा पारिपट्टी भित्तामा देखिने यो घर, पहिला जस्तो देखिन्थ्यो अहिले पनि उस्तै नै देखिन्छ । तर, घर भित्रको स्वरुप भने अहिले फेरिएको छ । हरेक कोठामा सुत्ने खाट थपिएका छन् । थपिन अझै बाँकी छन्, थुप्रै कला र संरचना ।

प्रकृतिप्रेमी जो कोहीलाई यो घरले लोभ्याउँदै आएको थियो । टाढाबाट हेर्दा एक्लो देखिन्थ्यो तर थियो आर्कषक । त्यसैले यो घरमा युवा होटल व्यवसायी सहजनाथ खड्काले सम्भावना देखे । अनि सोचे र बनाए, परिवार, साथीभाई र आफन्त भेटघाट भएर रमाईलो गर्दै बिदा मनाउने गज्जबको गन्तव्य ।

सुन्दर घर, सानो अनि सुखी परिवार, हरेक मानिससँग हुन्छ, यस्तै रहर । घरका हरेक कोठाबाट देखिन्छ पारिपट्टीको सुन्दर गाउँ । अनि राजमार्गमा आफ्नै सुरले हुँकिएका सवारी साधान । खेतबारी अनि आँगनै मुनी सुसाउँदै बगिरहन्छ खोला । चराको चिरबिर, हरियो रनवनको स्वच्छ हावा, यहाँ बिताएका पलहरु जो कोहीको लागि अविश्मरणीय रहला ।

हुन त यो घर एउटा परिवार बस्नका लागि बनाईएको हो । यद्यपि, कोठाहरु थुप्रै छन् । परिवारका लागि विशेष कोठाको व्यवस्था छ । थुप्रै साथीभाई जमघट भएर बस्नका लागि त्यही अनुसारका कोठाहरु बनाईएका छन् । होटललाई अझै व्यवस्थित र बृहत् बनाउने थुप्रै छन् योजना ।  

यो घरका घरमुलीलाई राजमार्गले तान्यो । बालबच्चा पढ्न जानका लागि समस्या थियो । सजिलो भयो । तर, यो घर एक्लो भयो । यद्यपि, अहिले पाहुना आउँदा, घर उज्यालो देख्दा, घरबेटी पनि दंग छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ