arrow

सातवटै प्रदेशका विद्यार्थीले कोरे नेपालको वास्तविक नक्सा

logo
प्रकाशित २०७६ पुष २८ सोमबार
nsu-map.jpg

अतरिया ।  नेपाल विद्यार्थी संघ (नेविसंघ)द्वारा सचालित  चिनौ सिमाना , जोगाऔ माटो अभियान अन्तर्गत " कोरौ नेपालको वास्तविक नक्शा  कार्यक्रम अतरियामा सम्पन्न भयो ।

कार्यक्रममा नेविसंघका पूर्व महामन्त्री कुन्दनराज काफलेले काठमाडौंको बसन्तपुरबाट सुरु भएको अभियान सातवटै प्रदेशका विद्यार्थीले कोरेको नेपालको वास्तविक नक्सा राष्ट्रपतिलाई बुझाउने नेपालको भुमी भारतले फिर्ता नगरे सयुक्त राष्ट्र संघमा पुर्‍याउने बताए ।

 नेपालमा विभिन्न पटक गरेको जनगणना, सर्बेक्षणले पनि लिपियाधुर, लिपुलेक र कालापानी नेपालको हो त्यसैले यो मिचिएको भुमी फिर्ता नहुदा सम्म यो अभियान निरन्तर रहने र भारतको बिस्तारबाद र दादागिरिका बिरुद्ध निरन्तर अभियान सचालन गरि रहने उदघोष गरे ।

कार्यक्रममा नेविसंघ केन्द्रीय सदस्य नुप बहादुर सुनारले भारतले कैलाली कचनपुरमा दिन दिन सिमा अतिक्रम गरि रहेकोले भारतलाई समयमा सिमा मिचने कार्य तत्काल रोकन र भारतको नक्सामा राखिएको भुमी तत्काल फिर्ता गर्न आग्रह गरे ।

उक्त कार्यक्रममा नेविसंघका क्षेत्रीय सभापती गणेश शाह ,पदम ओझा  दुर्गा कापडी दिपक ओझाले आफ्नो मन्तब्य राखेका थिए ।कार्यक्रममा अतरिया चोकामा बिभिन्न स्थानबाट आएका विद्यार्थीले मिचिएको सिमाना फिर्ता गर, भारतीय बिस्तारबाद मुर्दाबाद लगायतका नारा लगाएका थिए ।

कार्यक्रममा सहभागी विद्यार्थीलाई नेपालको वास्तविक नक्सा कोर्न लागाई आयोजकले वास्तविक नक्सा समेत सार्बजनिक गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ