arrow

हिमालय एयरलाइन्सले अवुधावीमा विचल्ली पार्‍यो नेपाल फर्किने यात्रु

यात्रुहरु आक्रोसित,  एयरलाइन्स जिम्मेवारीबाट पन्छियो

logo
प्रकाशित २०७६ पुष २८ सोमबार
himalaya-airlines--aircarft1.jpg

काठमाडौं। यति समुह प्रवद्धक रहेको हिमायल एयरलाइन्सले संयुक्त अरव इमिरेट ( युएइ) को राजधानी अवुधावीबाट नेपाल आउन लागेका १२५ जना यात्रुलाई अलपत्र पारेको छ। नेपाल आउन लागेको एचनाइन ५६८ नम्बरको हिमालयको बिमानले यात्रुहरुलाई बिचल्ली पारेको हो। अबुधावी एयरपोर्टको टर्मिनल न १ मा पुगेका यात्रुहरु त्यतिखेर जिल्लिए जतिखेर उनीहरुले नेपाल जाने हिमालय एयरलाइन्सको उडान रद्ध भएको थाहा पाए।

स्थानीय समय तीन बजे नेपालका लागि उड्ने तय भएको एयरलाइन्सको बिमान यात्रुहरुलाई जानकारी नै नदिइ रद्ध गरिएपछि सामान सहित एयरपोर्टमा पुगेका यात्रुहरु बिचल्लीमा परेका हुन्। उडान रद्ध भएपछि अन्तराष्ट्रिय मान्यता अनुसार यात्रुहरुलाई खाने बस्ने ब्यवस्था गर्नुपर्छ। तर हिमालय एयरलाइन्स अलिकति पनि जिम्मेवार नदेखिएको एक पीडित यात्रुले बताए। उडान रद्ध गरी एयरलाइन्सका कर्मचारी सम्पर्क बिहिन भएपछि पीडित यात्रुहरु होटल खोज्दै भैतारिनु परेको थियो। एयरलाइन्सको गैरजिम्मेवारीको कारण दुख पाएको तथा खर्च बढेको हाम्रकुरालाई गुनासो सुनाउँदै एक यात्रुले एयरलाइन्सप्रति आक्रोश पोखे।

एयरपोर्टमा नै पुगेपछि ट्राभल एजेन्सीले पठाएको इमेल हेरेर उडान रद्ध भएको धेरै यात्रुले थाहा पाएका थिए । ट्राभल्स एजेन्सीले रद्ध भएको जानकारी गराउको इमेल पाएपछि एयरलाइन्सको काउन्टर खोज्दै एयरपोर्ट भित्र भौतारिए पनि उनीहरुले एयरलाइन्सको काउन्टर तथा प्रतिनिधि भेटाउन सकेनन्। दुबई र काठमाडौ सम्पर्क गर्दा समेत एयरलाइन्सले रेस्पोन्स नगरेको पीडित यात्रुले बताए। एयरलाइन्सको कार्यालयमा समेत फोन नउठेको पीडित यात्रुले गुनासो गरे। 

कतिपय यात्रुले भने आफ्नो गुनासो युएईका राजदुत कृष्ण प्रसाद ढकाललाई सुनाएका थिए। अधिकांश यात्रु नेपाली कामदार हुने गरेका कारण एयरलाइन्सले पटक पटक यस्तै मनोमानी गर्दै आइरहेको छ। यस पटक समेत बहुसंख्यक काममा गएका नेपाली यात्रुहरु सुचना पाएपछि गुनासो गर्दै फर्किएका थिए भने भ्रमणमा गएका यात्रुहरु आक्रोश पोख्दै फर्किएका थिए। 

यसबारेमा हिमालय एयरलाइन्सको मुख्य कार्यालयको ०१४००४००० नम्बर भने फोन गर्दा स्वचालित रेकर्डेड जवाफ मात्र आउने तर कुनै पनि ब्यक्ति भने सम्पर्कमा आएनन् । एयरलाइन्सका काठमाडौ एयरपोर्टका कर्मचारी भागवत केसीले भने एयरलाइन्सको कारण नभइ ट्राभल्स एजेन्सीको कारण दुख पाएको हुन सक्ने बताए । उडान रद्ध हुने जानकारी समयमा नै ट्राभल्स एजेन्टहरुलाई गराए पनि उनीहरुले समयमा नै यात्रुलाई खवर नगर्दा यात्रुहरुलाई समस्या परेको हुन सक्ने उनले बताए । एयरलाइन्सले समयमा नै जानकारी गराएकोले अतिरिक्त व्ययभार एयरलाइन्सले नबेहोर्ने उनले बताए।

यद्पी आफू यसबारेमा बोल्ने आधिकारीक ब्यक्ति नभएको केसीले प्रष्टिकरण दिए। स्रोतका अनुसार नेपालबाट थोरै यात्रु भएका कारण एयरलाइन्सको ब्यवस्थापनले उडान रद्ध गरेको हो जसका कारण उताबाट नेपाल आउने यात्रुहरुले अनाहकमा दुख पाएका थिए। नेपाल सरकार आफ्नो महत्वाकांक्षी नेपाल भ्रमण बर्ष मनाइरहँदा नेपालीहरु नै प्रवद्धक रहेको एयरलाइन्सले यात्रुहरुलाई बिचल्ली पारेको घटनाले भ्रमण बर्षलाई समेत केही न केहि प्रभाव पार्ने देखिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ