arrow

साना उद्योगको नियमित अनुगमन र निरीक्षण आवश्यक

logo
प्रकाशित २०७६ पुष २९ मंगलबार
aapurti-mantralaya.jpg.jpeg

काठमाडौं । साना उद्योगलाई मजबुत पार्नका लागि नियमित अनुगमन तथा निरीक्षण गर्न आवश्यक रहेको बताइएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले यहाँ आयोजना गरेको ‘सेफगार्डस, एण्टी–डम्पिङ तथा काउन्टरभेलिङ’ सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७६ बारे छलफल कार्यक्रममा सहभागीहरुले साना उद्योगलाई मजबुत बनाउन आवश्यक रहेको बताएका हुन् ।  

कार्यक्रममा मन्त्रालयका उपसचिव रामकृष्ण अधिकारीले स्वदेशी उद्योगमा हुन गएको हानी नोक्सानी रोक्नका लागि ‘सेफगार्डस, एण्टी–डम्पिङ तथा काउन्टरभेलिङ’ सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७६  ल्याइएको जानकारी गराए । मुलुकको औद्योगिक क्षेत्रको प्रवद्र्धन गर्दै राष्ट्रिय अर्थतन्त्र सुदृढ बनाउन पनि यस ऐन ल्याइएको उनले बताए ।

कार्यक्रममा सहसचिव महेश आचार्यले यस ऐनले सञ्चालनमा रहेका साना उद्योगलाई ठूलो सहयोग पुग्ने जानकारी गराए ।

अधिवक्ता दीपक घिमिरेले धेरै अघि नै आउनुपर्ने उक्त ऐनको प्रचारप्रसार गर्नका लागि सरकारले विशेष ध्यान दिनुपर्ने धारणा राखे ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ