arrow

अमेरिका र चीन बीचको यस्तो छ पछिल्लो व्यापार युद्ध

logo
प्रकाशित २०७६ पुष २९ मंगलबार
usa-china.jpg

काठमाडौं । अमेरिका र चीनबीचको व्यापार युद्ध झनै चर्किएको छ । इरानको युद्ध गर्ने धम्कीबाट केही पछि हटेको अमेरिकाले चीनको मुद्रा उपयोग गर्न कम्पनी बनाउने यसअघिको निर्णय पनि फिर्ता लिएको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पुनः राष्ट्रपतिको चुनावमा लड्ने बताइरहँदा अमेरिकाले अप्रत्याशित निर्णयहरु गर्दै आएको छ । उक्त क्रममा इरानको चेतावनीलाई उनले सामान्य रुपमा लिएर शान्तिवार्ताका लागि आव्हान गरेका थिए । 

यसअघिको निर्णयबाट अमेरिका चीनसंग पछि हट्नुका पछाडि पनि चुनावी प्रोपोगान्डा भएको अनुमान गरिएको छ । 

चीनले आफ्नो मुद्रालाई विदेशी खरिदकर्ताहरुका लागि सस्तो बनाउन अमेरिकाले गरेको प्रस्ताव अस्विकार गरेपछि अमेरिका पछि हच्किएको हो ।  

दुई देशबीच यसै हप्ता पहिलो चरणमा सम्झौतापत्रमा हस्ताक्षर गर्ने अपेक्षा गरिएको थियो ।

चीनले पारदर्शिता र जवाफदेहीतालाई बढावा दिँदै प्रतिस्पर्धी अवमूल्यनबाट अलग रहनका लागि प्रतिवद्धता व्यक्त गरेको अमेरिकी आरोप छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ