arrow

नेपाल आणविक परीक्षणमा जाने कामै छैन – दिव्यमणी राजभण्डारी

logo
प्रकाशित २०७६ पुष २९ मंगलबार
divyamani-rajbhandari1.JPG

काठमाडौं। नेपाली कांग्रेएका नेता तथा सांसद दिव्यमणि राजभण्डारीले नेपाल आणविक परीक्षणमा जाने कामै नभएको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले पारमाणविक तथा रेडियोधर्मी पदार्थको सुरक्षित तथा शान्तिपूर्ण प्रयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि ऐन ल्याउँदै गर्दा सांसद राजभण्डारीले यो विधेयक कुनै पनि हालतमा पारित हुन नहुने बताएका हुन् ।

संसदमा विचाराधीन विधेयकले स्वास्थ्य र वातावरणमा मात्रै असर पार्ने नभई देशको सार्वभौमसत्तामै असर पुग्ने उनको भनाइ छ । 

व्यापक छलफल नभई ल्याउन लागिएको ऐनले नेपाललाई मात्र नभई भारत र चीनलाई पनि खतरा रहेको सांसद राजभण्डारीको भनाइ रहेको छ । 

उनले भने, ‘संसदमा तीन वटा बिलमा पारमाणविक सम्बन्धी विषय घुसेर आएको थियो । इन्भेष्टमेन्ट प्रमोशन गर्नको निम्ति निजी तथा साझेदारी विधेयक आएको थियो । यो पास भएर लालमोहर पनि लगाइसकेको छ । त्यसमा घुसाइएको विषयलाई हामीले निकालिदियौं । त्योपछि उद्योगमा फेरि ल्याइयो । त्यसमा पनि हामीले विरोध गर्यौं । अर्को बिल पनि ल्याइयो । त्यो हाउसमा मात्र पास गर्न बाँकी छ । नेपाल ट्रष्टमा घुमाउरो पाराले ल्याएजस्तै धेरै धेरै बिलहरुमा बदमासी छन् ।’

उनले थपे, ‘सरकारले घुमाउरो पाराले धेरै कुराहरु ल्याएको छ । त्यसमा पनि गलत भयो । यो खतरा नेपालमा मात्र छैन। भोलि कसैले आएर त्यो बिललाई टेकेर न्यूक्लियरमा गइदियो भने भारत र चीनलाई पनि खतरा छ । यो क्षेत्रलाई नै खतरा छ ।’

तर यो कस्ले कुन स्वार्थमा ल्याउन खोजेको छ। यस्को नागरिक तहबाटै बिरोध हुनुपर्ने उनले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ