arrow

शुक्रबार वाग्मती प्रदेशमा सार्वजनिक बिदा

logo
प्रकाशित २०७६ पुष २९ मंगलबार
bida.jpg

काठमाडौं । आगामी माघ १० गते शुक्रबार वाग्मती प्रदेशका १३ वटै जिल्लामा सोनाम ल्होसार पर्वको उपलक्ष्यमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार मन्त्रिपरिषद्को बैठकले सो दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । तामाङ जातीको पर्व सोनाम ल्होसारमा विभिन्न प्रदेशले सार्वजनीक विदा दिदै आएका छन् ।  

प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ ।  बाँदर, चरा, मुसा, बाघ, बिरालो, घोडा, सुङ्गुर, गोरु, खरायो, भेडा, सर्प र ड्रागन गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ