arrow

कांग्रेस कास्कीद्वारा उपनिर्वाचनको समीक्षा

logo
प्रकाशित २०७६ पुष २९ मंगलबार
khemraj-poudel-nc-kaski.jpg

पोखरा । नेपाली कांग्रेस कास्कीले कास्की क्षेत्र नं २ मा भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको समीक्षा भेला गरेको छ ।समीक्षामा जिल्ला कार्यसमिति कास्की , क्षेत्रीय समिति र सम्बन्धित क्षेत्रका वडा इकाइ सभापतिको सहभागिता रहेको जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए ।

भेलाले केही वडाहरुमा पार्टीको  विगतको तुलनामा मत बढेको र केहीमा घटेको भन्दै त्यसलाई सुक्ष्म अध्ययन गरी पार्टीलाई शशक्त बनाउन जुट्ने निर्णय गरेको छ ।

भेलामा कांग्रेस केन्द्रीय सदस्य डा मिलेन्द्र रिजालले कास्कीमा निर्वाचनको परीणाम  चित्त बुझ्दो नभएपनि उपनिर्वाचनमा कांग्रेसको पक्षमा ६ प्रतिशत मत बढेको बताए ।  क्षेत्र नं २ बाट  नेपाली कांग्रेसमा खेमराज पौडेल   उम्मेदवार थिए ।

भेलामा नेपाली कांग्रेसका नेता तारानाथ रानाभाट, शुक्रराज शर्मा, पूर्व मन्त्री यज्ञबहादुर थापा, राष्ट्रियसभा सदस्य बृन्दादेवी राना लगायतका १५ जना नेता तथा कार्यकर्ताले आफ्नो भनाइ राखेका थिए ।

कार्यक्रम कास्की कांग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतामा भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ