arrow

पूर्वमाओवादी नेता भन्छन् - ‘पार्टीमा टुटफुट आउन सक्छ’

logo
प्रकाशित २०७६ पुष २९ मंगलबार
NCP-maoist-prachanda.jpg

काठमाडौं । सभामुख कस्लाई बनाउने निर्क्यौल गर्न नसक्दा नेकपा भित्र असहज वातावरण श्रृजना भएको छ। नेकपाले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजिनामा दिन भने पनि उपसभामुखले राजिनामा दिएकी छैनन्।

पूर्व सभामुख कृष्ण बहादुर महरा बलात्कारको आरोपमा जेल परेपछि रिक्त भएको स्थानमा नयाँ सभामुखको खोजी भैरहेको छ। नेकपाभित्र पूर्व माओवादी उपसभामुखलाई सभामुख बनाउने मुडमा देखिंदैन। उपसभामुख राजिनामा दिईरहेकी छैनिन्। तत्कालिन एमालेबाट उपसभामुख बनेकी शिवमायाले राजिनामा नदिईएपछि नेकपा भित्र पुर्व माओवादी तप्का शंसकित भएको छ।

राष्ट्रपति र प्रधानमन्त्री पूर्वएमालेकै नेताहरु भएपनि सभामुखमा समेत उनीहरुले नै दावी गरेपछि पुर्व माओवादी नेताहरुले पार्टी भित्र आफुहरु पेलीएको गुनासो गरेका छन्।

आफूहरूलाई लगातार पेल्दै गएमा अस्तित्व रक्षाका लागि पनि सधैसँगै बस्न नसकिने चेतावनी समेत पूर्वमाओवादी नेताहरुले दिन थालेका छन् । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल निकट मानिने पूर्वमाओवादी नेता हरिबोल गजुरेलले आफुहरुको माग सुनुवाइ नभए पार्टीमा टुटफुट आउनसक्ने बताएका हुन् ।

तत्कालिन सभामुख कृष्णबहादुर महरा पूर्वमाओवादी नेता भएकाले उहाँको स्थानमा सोही समूहका नेता छानिनु पर्ने नेता गजुरेलको भनाई छ । पार्टी एकताको निश्चित समयसम्म सहमति र सहकार्य गरेर जाने र भागबण्डा हुने कुरा स्वभाविक भएको उनले तर्क गरे।

दुई पार्टी अध्यक्षबीच पनि आलोपालो गर्ने, एकजनाले प्रधानमन्त्री चलाउने र अर्कोले कार्यकारी अध्यक्ष चलाउनेगरी भएका सहमति पनि भागबण्डा नै भएकाले पार्टीमा सवै काम भागबण्डा गरेरै भएको उनले बताए।

सभामुखमा पूर्व एमाले र पूर्व माओवादीले आ आफ्नो पक्षका नेतालाई बनाउनु पर्ने अडान राखेकाले लामोसमयदेखि प्रतिनिधि सभा सभामुख विहिन भएको छ । संसदमा सवैभन्दा ठूलो दल नेकपाले सभामुखको उम्मेदवार टुंगो लगाउन नसक्दा संसद्को बैठक लगातार बोलाउदै स्थगित हुदै आएको छ ।

नेकपा भित्रको भागबण्डाको झगडाका कारण संसद नै पेन्डुलम बनेको भन्दै प्रतिपक्षी दल र आम नागरिकहरुले सत्तारुढ दलको चर्को आलोचना गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ