arrow

'कांग्रेसको मुख्य अभिभारा राजनीतिक उपलब्धिको रक्षा'

logo
प्रकाशित २०७६ पुष २९ मंगलबार
sasank3.jpg

महोत्तरी । नेपाली कांग्रेसका महामन्त्री डा  शशांक कोइरालाले जनताका अधिकार कुण्ठित हुन सक्ने अवस्था आउन नदिन कांग्रेसकै सचेतता आवश्यक रहेको  बताएका छन् ।

मनराशिशवा नगरपालिका–९ बथनाहामा कांग्रेस महोत्तरीले आयोजना गरेको पार्टीका महासमिति सदस्य ललनकुमार राय  श्रद्धाञ्जलिसभामा  महामन्त्री डा कोइरालाले प्राप्त राजनीतिक उपलब्धिको रक्षा  कांग्रेसको मुख्य अभिभारा भएको बताए ।
 
कार्यक्रममा  कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरी, कल्याण गुरुङ, रामकृष्ण यादव, सरिता प्रसाईँ, पार्टी महोत्तरीका सभापति महेन्द्रकुमार राय, पार्टी सिन्धुली सभापति उज्ज्वल बरालसहितका नेताले रायप्रति श्रद्धाञ्जलि व्यक्त गरे ।

 राजपा नेपालका केन्द्रीय नेता सुनिलकुमार रोहित, मनराशिशवा नगरपालिकाका प्रमुख सञ्जयकुमार सिंहसहितका विभिन्न दलका नेता कार्यकर्ताले नेपालको प्रजातान्त्रिक आन्दोलनमा  रायको योगदानको चर्चा गर्दै श्रद्धाञ्जलि व्यक्त गरे ।

पञ्चायतकालमा प्रजातन्त्र स्थापनाका लागि कांग्रेसमा आबद्ध भई लामो योगदान दिका  मनराशिशवा–१० का बासिन्दा ५७ वर्षीय रायको  पुस २२ गते  बर्दिवास–५ मा सडक दुर्घटनामा परी निधन भएको थियो । राय  कांग्रेसका महासमिति सदस्य थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ