arrow

म्याक्रोंको चेतावनी,  “हफ्तरले युद्ध जारी राखे गम्भीर नतिजा भोग्नुपर्नेछ”

logo
एएफपी,
प्रकाशित २०७६ पुष २९ मंगलबार
emmanuel_macron.jpg

मस्को। लिवियामा युद्धविराम सम्झौताका लागि वार्ता गर्न फ्रान्स पुगेका सैनिक नेता खालिफा हफ्तर युद्धविराम नगरिकन फ्रान्सबाट फिर्ता भएको उनका निकट स्रोतले बताएको छ। हफ्तरले रूसको पहलमा फ्रान्समा भएको युद्धविराम वार्ताबाट बाहिरिएपछि नौ महिना लामो लिवियाली द्वन्द्व अन्त्यका लागि सम्झौता अनिश्चित बनेको छ।

रूसी एक समाचार संस्था आरआइए नोभोस्तीले बेङ्गाजीस्थित हफ्तारको स्रोतलाई उद्धृत गरी भनेको छ,“साराजको राष्ट्रिय सहमतिको सरकारमा सम्मिलित समूह विघटनको समयसीमा उल्लेख नभएका कारण हफ्तारले सहमतिमा हस्ताक्षर गर्नुभएन।”

यमनी विद्राही नेता हफ्तर बिहानै फ्रान्सबाट बाहिरिएपछि हालै अन्तर्राष्ट्रियस्तरबाट युद्धविराम वार्ताका लागि भएको कूटनीतिक दवाब व्यर्थ बनेको छ यद्यपि मस्कोले आफूले मध्यस्थताका लागि प्रयास जारी राख्ने बताएको छ। “सात वर्षको निरन्तर द्वन्द्वको सामाना त्यहाँका नागरिकले गरेपछि साराज र हफ्तारले युद्धविरामका लागि इच्छा देखाएको भएपनि सम्झौतामा साराजले हस्ताक्षर गरेका छन् भने हफ्तारको प्रतिनिधिमण्डलले हस्ताक्षर नगरी फ्रान्सबाट बाहिरिएको छ,”रूसी अधिकारीले एएफपीलाई बताए।

“हामीले लिवियामा युद्धविराम गराउने पहललाई जारी राख्नेछौँ,” श्रीलङ्का भ्रमणमा रहेका रूसी विदेशमन्त्रीले एक पत्रकार सम्मेलनमा बताए। रूस, यूरोपेली शक्तिराष्ट्रहरू र लिवियाका छिमेकीहरूले यसै अनुरूप द्वन्द्वरत लिवियाली पक्षलाई वार्ताका लागि प्रेरित गरेका पनि लाभरोले बताए।

रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग लिबियाबारे युद्धविराम सम्झौताका लागि शुरूमा पहल गरेका टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले हफ्तारले लिवियामा पुनः द्वन्द्वलाई अघि बढाएमा आफूले उनलाई ‘पाठ सिकाउने’ चेतावनी दिएका छन्। यसैबीच फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोँले रोष प्रकट गर्दै भने, “लिवियामा हफ्तरले युद्ध जारी राखेमा यसको ‘आवश्यक नतिजा’ भोग्नुपर्नेछ।”

हफ्तार र उनका सहयोगीहरू फाएल अल साराज नेतृत्वको संयुक्त राष्ट्रसंघद्वारा मान्यताप्राप्त सरकारसँग युद्धविराम वार्ताका लागि सोमबार फ्रान्समा पुगेपनि कुरा नमिलेपछि पेरिसबाट बाहिरिएको सञ्चारमाध्यमले उल्लेख गरेका छन्। साराजको सरकारको राजधानी त्रिपोलीलाई पूर्व सैनिक हफ्तार पक्षधर समूहले गत अप्रिलदेखि आक्रमणको निशाना बनाउँदै वरपरका क्षेत्रमा आक्रमण शुरू गरेको थियो। नौ महिनासम्मको लडाइपछि दुबै समूहले अन्तराष्ट्रिय दवाबमा वार्ताका लागि तयार भएका थिए।

हफ्तारले आफ्नो समर्थन गर्दै आएका राजनीतिक समूहहरूलाई हातमा लिई उत्तर अफ्रिकाको तेलका लागि धनी मानिने पूर्वी क्षेत्रमा रहेर आफ्ना गतिविधि सञ्चालन गर्दै आएको छ। लामो प्रयासपछि दुई समूहबीच युद्धविराम गर्न गत हप्ता सहमत भएपछि दीर्घकालीन सहमतिका लागि हफ्तार सोमबार मस्को पुगेका थिए। यसले सन् २०११ मा उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) को आडमा भएको जनआन्दोलनले तत्कालिन शासक मोहमर गद्दाफीलाई पदच्युत गरेको थियो। उनी पछि मारिएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ