arrow

नेपाल सैन्य गठबन्धनमा सम्मिलित हुँदैन – परराष्ट्रमन्त्री ज्ञवाली 

logo
रमेश विश्वकर्मा, 
प्रकाशित २०७६ पुष २९ मंगलबार

गुल्मी । परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीले नेपाल कुनै पनि विदेशी सैन्य गठबन्धनमा सम्मिलित नहुने बताएका छ्न् । मङ्गलवार जिल्लाको रुरु क्षेत्र गाउँपालिकाको रिडिमा दोस्रो रुरु महोत्सवको उद्घाटन गर्दै मन्त्री ज्ञवालीले नेपाल असंलग्न सिद्धान्त प्रति प्रतिवद्ध रहेको कारण कुनै पनि विदेशी सैन्य गठबन्धनमा सम्मिलित नहुने बताएका हुन् ।

कुनै पनि देशको विकास सहायतासँग बन्दुक जोडिएर नआउने भन्दै विकासका सहायताहरु सबै देशसँगबाट लिने वर्तमान सरकारको नीति रहेको बताएका छन् ।

विकासको सहायतालाई अनावश्यक रुपमा उचालेर वहसको विषय बनाएको प्रति टिप्पणी गर्दै यसलाई अनावश्यक रुपमा उचालेर मित्रराष्ट्रहरु सँगको सम्बन्धलाई धमिलो बनाउने काम कोही कसैले पनि गर्न नहुने बताएका थिए ।

वर्तमान सरकारले ‘समृद्ध नेपाल सुखी नेपाली’ भन्ने नारा लिएर अगाडि बढेको हुँदा सरकारको सम्पूर्ण ध्यान देशको विकासमा केन्द्रित भएको समेत उनले बताए ।

त्यस्तै मन्त्री ज्ञवालीले गएका केही वर्षहरुमा एउटा सिंगो पुस्ता विकासको ब पनि नसुनेर गएको र उनीहरुले विकासको नाममा बन्दुक, बम, विद्रोह र विध्वंसको नारा सुन्दै भड्किएको भन्दै आज त्यो पुस्तासँग हातमा सर्टिफिकेट र सिप नभएका कारण उनीहरु चरम निरासामा रहेको उल्लेख गरे ।

उनले सशस्त्र द्वन्द र संक्रमण कालले गर्दा गुमेको विकासको अवशरलाई क्षतीपुर्ति हुने गरि वर्तमान सरकारले तिब्र रुपमा विकासको गतिलाई अघि वढाएको बताए । मुलुकमा ठूलो राजनीतिक संक्रमणपछि राजनीतिक संक्रमणकालको अन्त्यसँगै राजनीतिक स्थीरता समेत कायम भएको मन्त्री ज्ञवालीको दावी थियो ।

फरक प्रसंगमा मन्त्री ज्ञवालीले विधिको शासन कार्यान्वयन गर्ने कुरामा सरकार कठोर र क्रुरता पुर्वक अघि बढेको कारण पछिल्लो समयमा विकासका कामहरुले पनि गति लिन थालेको बताएका थिए । ‘जग बसाल्दै गरेको बेला घर बनेको जस्तो आकार देखिदैन, पछि त्यही जगमा घर बन्ने हो’ भन्दै ज्ञवालीले सरकारले २२ महिनामा बसालेको जगले विस्तारै विस्तारै आकार र परिणाम दिदैं जान थालेको उल्लेख गरे ।

‘रुरु महोत्सव गौरव हो हाम्रो, सम्वर्द्धन गरौं धर्म र संस्कृतिको राम्रो’ भन्ने नाराका साथ गुल्मी उद्योग वाणिज्य संघ रिडी शाखा र रुरु फ्रेण्डस क्लव रिडीको संयुक्त आयोजनामा यही पुस २९ गतेदेखि माघ ९ गतेसम्म रिडीमा दोस्रो रुरु महोत्सव गर्न लागिएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ