arrow

तरकारीवालाको खुल्यो भाग्य, फोहरमा फालेको लोटरी टिकटले बनायो करोडपति

logo
प्रकाशित २०७६ माघ १ बुधबार
lottery.jpg

काठमाडौं । भारतको शहर कोलकाताका एक तरकारी व्यपारी करोडपति बनेका छन् । लोटरी टिकट काटेर फोहरमा फालेका उनले एक करोड रूपैयाँ जितेका छन्। चिट्ठा जित्ने व्यक्तिको नाम सादिक रहेको छ । उनी कोलकाताको दमदम क्षेत्रमा तरकारी बेच्छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार, सादिकले आफ्नी श्रीमतीसँग ३१ डिसेम्बर २०१९ मा नागाल्याण्ड लोटरीमा पाँच टिकटहरू किनेका थिए, जुन नयाँ वर्षको एक दिन अघि थियो। २ जनवरीमा जब लोटरी पुरस्कार घोषणा गरियो, केही पसलेहरुले उनलाई कुनै पुरस्कार नपारेको  बताए । त्यसपछि सादिक रिसाएर सबै टिकटहरू फोहरको टोकरीमा फ्याँकिए।

जनवरी ३ मा सादिक लोटरी टिकट किनेका सोहि पसलमा सामान किन्न पुगे । सो समय पसलले उनलाई एक करोडको पुरस्कार जितेको बताए। यसपछि सादिकको खुशीको सिमा रहेन। उनी तुरुन्तै फर्किएर सो कुरा आफ्नी पत्नी अमीनालाई सुनाए। दुबैले त्यसपछि डस्टबिनमा लोटरी टिकटहरू खोजी गर्न शुरू गरे। धेरै खोजपछि उनीहरुले पाँच टिकट फेला पारे।

सादिकले किनेको पाँच टिकटमध्ये एउटामा उनले एक करोड र बाँकी चार टिकटमा एक- एक लाख रुपैयाँ पुरस्कार जितेका छन् । सादिककी श्रीमती अमीना भन्छिन्,' यी पैसाले उनको जीवन परिवर्तन गर्न सक्दछ।' उनले बच्चाहरूको लागि फोर्ड कम्पनीको एसयूवी गाडि बुकि गरेको बताएकी छन्।

अमेनाले उनको परिवार धेरै खुसी रहेको र अब उनीहरु पैसाको प्रतिक्षामा रहेको सुनाइन् । उनी आफ्ना बच्चाहरूलाई राम्रो स्कूल पठाउन चाहान्छिन् जसले उनीहरू राम्रोसँग अध्ययन गर्न सक्दछन्। लोटरीको  पाउनलाई दुई-तीन महिना लाग्न सक्ने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ